भाण्टावारी । नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीका सुनसरी ४ नम्बर क्षेत्रका प्रदेश र जिल्ला तहका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।
नेकपा एमालेका नेता अजय कुसियैतका अनुसार कोशी गाउँपालिकाको १, २ र ३ नम्बर वडामा रहेका नेकपा एसका २ सय ५० जना नेता कार्यकर्ताहरुसहित सम्पूर्ण वडाका समर्थकहरु नेकपा एमालेमा प्रवेश गरेका हुन ।
कोशी गाउँपालिका स्थित कटानमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्नेहरुमा नेकपा एसका प्रदेश सदस्य समसुल अन्सारी, स्थानीय तह निर्वाचनमा पालिका उपाध्यक्ष उम्मेदवार तथा जिल्ला सदस्य कैहकशा अन्जुम, जिल्ला सदस्यहरु कदममलाल उराँव उमर अन्सारी, रहमान अन्सारी, जावेद अन्सारी, सुकदेव कडगरिया, बराहक्षेत्रका युवा नेता अजित गुरुड्ड लगायत रहेका छन ।
एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका उम्मेदवार तथा केन्द्रीय सदस्य जगदिश कुसियैतले अविर खादा लगाएर स्वागत गरेका थिए ।
उम्मेदवार कुसियैतले एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउनका लागि मतदातासँगै विभिन्न दलका नेता कार्यकर्ताहरुको सहयोग, सदभाव र सहकार्य रहेकाले यसपटक सुनसरी ४ नम्बर क्षेत्रमा आफुहरुको पक्षमा नतिजा आउने बताए ।
कुसियैतले स्थानीय समस्याका ’boutमा आफु र प्रदेशका उम्मेदवारहरु जानकारी रहेकाले यसक्षेत्रको विकासमा आवश्यकताका आधारमा काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा एमालेका प्रदेश ४ ख उम्मेदवार अब्बास अन्सारी, जसपाका प्रदेश ४ क उम्मेदवार पर्शुराम बस्नेत, जसपाका नेता देवकृष्ण यादव, हरिगोविन्द यादव, शिवबहादुर बस्नेत, एमालेका युवा नेता सरोज पोखरेल, डिवी शाह शंकर, जाकिर हुसैनलगायतले बोलेका थिए ।