भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ६३३ नयाँ संक्रमित थपिएका हुन् ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको समग्र संख्या ४१ लाख १३ हजार ८१२ पुगेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७० हजार नाघेको छ ।
अहिलेसम्म भारतमा कारोना भाइरसको कारण ७० हजार ६२६ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ६५ जनाको मृत्यु भएको हो ।
भारतमा निरन्तर कोरोना भाइरसका संक्रमित संख्या बढ्दो क्रममा रहेको छ ।
अहिले भारत विश्वमा सबैभन्दा धेरै नयाँ संक्रमित र मृतक भेटिने मुलुक बन्न पुगेको छ ।
पछिल्लो केही दिनयता भारतले निरन्तर कोरोना भाइरसका नयाँ संक्रमित संख्यामा नयाँ रेकर्ड बनाउँदै आएको छ ।
यद्यपि भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने तुलनात्मकरुपमा कम छ ।
भारतले पनि यसैलाई आफ्नो सफलता बताउँदै आएको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिले विश्वभरमा भारत संक्रमित संख्याको आधारमा तेस्रो स्थानमा छ ।
पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिल छ । तर, भारत ब्राजिलभन्दा धेरै पछि छैन ।
अहिले भारतमा कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म आठ लाख ६० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
यो राज्यमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ हजार २७६ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै संक्रमित संख्याको आधारमा दोस्रो सबैभन्दा बढी प्रभावित आन्ध्र प्रदेशमा अहिलेसम्म चार लाख ८७ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् भने चार हजार ३४७ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै तामिलनाडुमा पनि चार लाख ५५ हजारभन्दा धेरै संक्रमित फेला पर्दा सात हजार ७४८ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका ३१ लाख ८० हजारभन्दा धेरै संक्रमित निको भएर फर्किसकेका छन् भने आठ लाख ६२ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् ।
I came to this site with the introduction of a friend around me and I was very impressed when I found your writing. I’ll come back often after bookmarking! slotsite
An impressive share, I just given this onto a colleague who was doing a little analysis on this. And he in fact bought me breakfast because I found it for him.. smile. So let me reword that: Thnx for the treat! But yeah Thnkx for spending the time to discuss this, I feel strongly about it and love reading more on this topic. If possible, as you become expertise, would you mind updating your blog with more details? It is highly helpful for me. Big thumb up for this blog post!
Wow, fantastic blog layout! How long have you been blogging for? you make blogging look easy. The overall look of your web site is fantastic, as well as the content!
Lovely just what I was looking for.Thanks to the author for taking his time on this one.
Some truly nice and utilitarian information on this internet site, as well I believe the layout has got excellent features.
Outstanding post however , I was wondering if you could write a litte more on this topic? I’d be very grateful if you could elaborate a little bit further. Bless you!
You made some good points there. I looked on the internet for the issue and found most individuals will approve with your site.