भियना । अस्ट्रियाको राजधानी भियनामा भएको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

गोली प्रहारबाट अन्य धेरैजना घाइते भएको अस्ट्रियाको गृह मन्‍त्रालयले जनाएको छ ।

अस्ट्रियाको गृह मन्‍त्रालयले यो आक्रमणलाई ‘आतंकवादी हमला’ को संज्ञा दिएको छ ।

साथै प्रहरीको जवाफी कारबाहीमा एक आक्रमणकारीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अस्ट्रियाका गृहमन्‍त्री कार्ल नेहमाले यसलाई आतंकवादी हमला भनेका छन् । आक्रमण भियनाको सेन्ट्रल स्विडनप्लाट्ज स्‍कवायरमा भएको हो ।

गृहमन्‍त्रीले गोलीबारीको पुष्टि गरेका छन् । उनका अनुसार प्रहरीको जवाफी कारबाहीमा केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।

साथै आक्रमणबाट धेरैजना सख्त घाइते भएको खबर छ ।
प्रहरीले भने आक्रमणकारीको खोजो भइरहेको जनाएको छ । यो आक्रमणविरुद्ध सुरक्षा बलले अपरेसन गरिरहेका छन् ।

यसका लागि सुरक्षा बलको संख्या बढाइएको छ ।

प्रहरीले सार्वजनिक स्थान तथा हमला भएको क्षेत्रमा नजानका लागि सर्वसाधारणलाई अपिलसमेत गरेको छ ।

साथै सार्वजनिक यातायातमा पनि जोगिएर यात्रा गर्नका लागि अनुरोध गरेको छ । आक्रमण भएको क्षेत्र सिटी सेन्टरलाई सुरक्षाकर्मीहरुले घेराबन्दी गरेका छन् ।

सामाजिक सञ्‍जालमा सार्वजनिक गरिएका भिडियो फुटेजमा मानिसहरु दौडिएर भागिरहेको देख्‍न सकिन्छ ।

खबरअनुसार गोलाबारी यहुदिहरुको एक प्रार्थना स्थल नजिकै रहेको सडकमा भएको हो । -बीबीसी

अघिल्लो लेखमासुनचाँदीको भाउ बढ्यो, आजको मूल्य कति ?
अर्को लेखमाजवरजस्ती करणी गरेको आरोपमा तीन पक्राउ