भुटाहा । सुनसरीको हरिनगर गाउँपालिकाको सहयोगमा स्थानीय मरिया खोलामा बनेको बासको पुल (चचरी) प्रयोग गर्दा असुलिने पटके शुल्कले स्थानीयसहित सो क्षेत्रमा यात्रा गर्नेहरु पीडित बन्ने गरेका छन ।

पक्की पुल नहुँदा हरेक वर्षामा गाउँपालिकाको सहयोगमा स्थानीय युवाहरुले बासको अस्थायी पुल बनाएर ओहोरदोहोर गर्नेहरुसँग पैसा असुल गर्ने गरेका कारण यात्रुहरु पीडित हुने गरेका हुन । सो पुल तर्नका लागि १० रुपैयाँ तिर्नुपर्छ ।

हरिनगरा–२ मा पर्ने मारिया खोलामा विगत पाँच वर्षयता पुल नबन्दा सर्वसाधारण हैरान बन्दै आएका छन । २०७४ सालको भीषण बाढीका कारण सुनसरी खोलाको पानी पस्दा त्यहाँको कल्भर्ट जस्तो पक्की पुल बगाएको थियो । त्यसपछि पुलको निर्माणको लागि काम सुरु भएपनि अहिलेसम्म दुई वटा पिल्लर उठाउने बाहेक काम हुन सकेको छैन ।

सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको सो पुल लामो समयसम्म निर्माण हुन नसक्दा स्थानीयलाई मात्रै होईन सोही क्षेत्रबाट निर्माण भईरहेको हुलाकी राजमार्गसमेत प्रभावित बन्न पुगेको छ ।

पक्की पुल नबन्दा गाउँपालिकाको सहयोग र स्थानीय युवाहरूको सक्रियतामा बनेको बाँसको भाटाको पुलमा ओहोर–दोहोर बनाएर साईकल, मोटरसाईकल र पैदल यात्रुहरुलाई सहज बनाईएको छ । सोही पुल तर्दा विगत पाँच वर्षदेखि प्रत्येक वर्षामा स्थानीयहरुले पटके रुपमा रकम बुझाउनु परिरहेको छ ।

भाटाको पुलबाट कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका यात्रुले ओहोर–दोहोर गर्दा १० रुपैयाँ तिर्नुपर्दा दुःख लाग्ने स्थानीय युवा मौसिफ आलम अन्सारी बताउँछन् ।

स्थानीय जमिम अन्सारीको नेतृत्वमा रहेका हरिनगरका सात युवाको सक्रियतामा मारिया खोलामा बाँसको पुल बनाएको हो । दुई लाख लगानीमा बनेको सो पुल तीन–तीन दिनमा मर्मत गर्नुपर्ने भएका कारण मोटरसाइकल यात्रुलाई १० रुपैयाँ र ंसाइकल यात्रु पाँच रुपैयाँ लिनुपरेको भाटाको पुलका लगानीकर्ता अन्सारी बताउँछन् ।

स्थानीयले पटक–पटक खोला वारपार गर्नुपर्ने भएका कारण उनीहरूलाई छुट दिइ बाहिरका यात्रुलाई मात्र पैसा लिने गरेको उनी बताउँछन ।

उनी भन्छन, ‘ दुई चार दिनमा पुल मर्मत गरिरहनु पर्छ । कहाँबाट गर्ने ? रकम नउठाए केही दिनमै पूल जिर्ण भएर आवतजावत गर्न नसकिने स्थिति भएकोले मर्मतका लागि मात्रै शुल्क उठाएका हौ ।’

अन्सारीले यात्रुहरुको यात्रामा जोमिख हुने भएकोले उनीहरुको सुरक्षाकोलागि केही युवाहरू पुलमा बिहानदेखि राति अबेरसम्म बस्ने पर्दा उनीहरुले खाजा खानु पर्ने, पुल मर्मत गर्नु पर्ने जस्ता समस्याको लागि आफूहरुले थोरै शुल्क उठाएको तर्क गरे ।

अघिल्लो पटक पुल बनाउनका लागि गाउँपालिकाले एक लाख ९० हजार रुपैयाँ दिएपनि बाढीका कारण उक्त पुल पुनः बगेपछि आफ्नै दुई लाख लगानीमा नयाँ पुल बनाएको उनको भनाइ छ । हिउँदको समयमा पुलमुनिबाट खोला वारपार गर्न सकिएपनि वर्षायाममा भने यात्रुले सास्ती भोग्नु परेको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी पटक–पटक पुल बनाउन सडक डिभिजन कार्यालय, विराटनगरसँग समन्वय गर्दा पनि पुल नबनाएको गुनासो गर्छन् । अब, यसै असोज महिनामा निर्माणको काम सम्पन्न गर्ने आश्वासन आएको बताए ।

अध्यक्ष अन्सारीले गाउँपालिकाबाट नभई आफ्नै खल्तीबाट नै दिएको रकमले भाटाको पुल बनेको बताए । सो पुलबाट सर्वसाधारणले आवतजावतमा सहजता महसुस गरेको भएपनि पूर्ण रूपमा सन्तुष्टि नपाएको उनको गुनासो छ ।

यता, ठेकेदार कम्पनी बन्धु कार्की कन्ट्रक्सन प्रालिले भने कोरोना महामारीका कारण पुल समयमै नबनेको तर्क गरेको छ । कोरोना महामारीका कारण भारतबाट ल्याउनुपर्ने निर्माण सामग्री ल्याउन नपाउँदा पुलको काम अगाडि नबढेको कम्पनीको जिकिर छ ।

पुलमा स्प्रिङ चाहिने भएपनि कोरोनाका कारण भारतबाट ल्याउन नपाउँदा पुल ढलाईको काम नभएको र आगामी असोज महिनाबाट काम थालेर चाँडै नै सक्ने कम्पनीले जनाएको छ ।

अघिल्लो लेखमागडन खोलामा बाँध बनाएर सिचाईको ब्यवस्था गर्न माग
अर्को लेखमाकोरोना सक्रमण बढदै गएपछि कक्षा १२ को परीक्षा स्थगित

8 टिप्पणीहरू

  1. Youre so cool! I dont suppose Ive learn anything like this before. So nice to search out somebody with some authentic thoughts on this subject. realy thanks for starting this up. this web site is one thing that is wanted on the net, someone with a little bit originality. useful job for bringing one thing new to the web!

  2. I as well as my pals happened to be digesting the nice hints on your website and so suddenly got an awful suspicion I had not thanked the web blog owner for those techniques. Most of the men happened to be consequently thrilled to study them and already have pretty much been enjoying them. Thanks for actually being really accommodating and also for having certain superior resources millions of individuals are really wanting to be informed on. Our own honest regret for not expressing gratitude to sooner.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्