अक्षय र कियाराको ‘लक्ष्मी बम्ब’ चलचित्रको शीर्षकप्रति कानुनी नोटिस !

16
436
Legal notice on the title of Akshay and Kiara's 'Lakshmi Bomb' movie!
Laxxmi-Bomb-poster

मुम्बई । दीपावलीमा रिलिजको तयारीमा रहेको यस वर्षको अक्षय कुमारको पहिलो चलचित्र ‘लक्ष्मी बम्ब’ विवादमा फसेको छ ।

चलचित्रको शीर्षकलाई लिएर निर्माण टिम विवादमा तानिएको हो । चलचित्रको नाम परिवर्तन गर्नुपर्छ भन्दै श्री राजपुत कर्णी सेनाले निर्माण टिमलाई कानुनी सूचना पठाएको छ ।

अक्षय र कियारा आडवाणी अभिनीत यस चलचित्र यसै वर्षको नोभेम्बर ९ मा डिज्‍नी प्लस हटस्टारमा रिलिजको तयारीमा थियो ।

खबरका अनुसार यो सूचना कर्णी सेनाका तर्फबाट आघवेन्द्र मेहरोत्राले पठाएको हो ।

सूचनामा लक्ष्मी बम हिन्दु धर्मावलम्बीहरुले पुज्‍ने लक्ष्मी भवानीप्रति अपमानजनक र आपत्तिजनक भएको उल्लेख गरिएको छ ।

यसका साथै निर्माण टिमले जानजानी लक्ष्मी बम्ब नाम राखेर देवीको अनादर गरेको आरोप पनि लगाएको छ ।

निर्देशक राघव लरेन्सले मूल तमिल चलचित्र ‘मुनि २ : कन्चना’ पनि निर्देशन गरेका थिए ।

यही तमिल चलचित्रको हिन्दी रिमेक ‘लक्ष्मी बम्ब’ एक पुरुष जसलाई ट्रान्सजेन्डर भूतले आफ्नो नियन्त्रणमा राख्छ त्यसको कथामा आधारित छ ।

अघिल्लो लेखमाहतियारसहित विप्लव समूहका पूर्वी कमाण्डका दुई पक्राउ
अर्को लेखमाफ्रान्समा ‘आतंककारी आक्रमण’, ३ जनाको मृत्यु

16 टिप्पणीहरू

  1. I have to show my passion for your kind-heartedness supporting individuals who need assistance with this particular field. Your very own dedication to passing the message up and down had been exceedingly functional and have continually helped women just like me to arrive at their goals. Your amazing invaluable suggestions means so much to me and further more to my office workers. With thanks; from each one of us.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्