उत्तम राई

यो द्वन्दलाई धार्मिक मतभेद र विवादको रुपमा पनि हेर्ने गरिन्छ । जसमा एकातिर यहुदी धर्म मान्ने इजरायली छन् भने अर्कोतर्फ मुस्लिम धर्म मान्ने प्यालेस्टाइन अर्थात् फिलिस्तिनी । यो विवाद र द्वन्दलाई लिएर अन्य बाँकि देशहरु दुई कित्तामा उभिएको देखिन्छ । मुस्लिम राष्ट्रहरु प्यालेस्टाइनको पक्षमा समर्थन गर्दै इजरायली आक्रमणको निन्दा गरिरहेका छन् भने अमेरिकालगायत अन्य केहि पश्चिमी राष्ट्रहरु इजरायलले आफ्नो सुरक्षा गर्न पाउनु पर्छ भनि इजरायलको समर्थन जनाईरहेका छन् ।

मे १०, २०२१ मापुन सुरु भएको इजरायल र प्यालेस्टाइन द्वन्दमा परि हालसम्ममा दुवै देशका २१० जनाले ज्यान गुमाइसकेको छ । प्यालेस्टाइन समर्थक हमासद्वारा इजरायलको राजधानी तेल अबिब र अन्य सहरमा २००० बढी मिसाइल आक्रमण भैसकेको छ भने इजरायलीतर्फ लडाकु विमानद्वारा फिलिस्तिनी बसोबास रहेको गाजा क्षेत्रमा बम वर्षा भैरहेको छ । मृत्यु हुनेहरु मध्ये फिलिस्तिनीतर्फ २०० जना (५८ बालबालिका र ३४ महिलासहित) इजरायलीतर्फ १० जना (२ जना बालबालिकासहित) रहेका छ ।

यी २ देशहरु बीच भइरहेको हालको विवाद, द्वन्द र अहिलेसम्म भैसकेका २ युद्धहरु जसलाई अरव–इजरायल यूद्ध र छ दिने यूद्ध भन्ने गरिन्छ यी केवल धार्मिक मतभेत र मान्यता बिचको लडाई मात्र थिएन । यो आफु आफ्नो देशको अस्तित्वको निम्ति लडिएको युद्ध पनि थियो ।

यी २ देशको विवाद र द्वन्दलाई बुझ्न १०० बर्षको इतिहास बुझ्न जरुरी छ । प्रथम विश्व युद्धमा अट्टोमन इम्पायर (इततयmबल भ्mउष्चभ) को हार र दोस्रो विश्व युद्धताका जर्मन र बाँकी युरोपमा यहुदीहरू माथि गरेको नरसंहार र भेदभाव अनि जेरुसेलममा यूएनको विवादस्पद नियन्त्रण नै इजरायल र प्यालेस्टाइन बिचको द्वन्दको मुख्य जरो रहेको पाइन्छ ।

प्रथम विश्व युद्ध पहिले अहिलेको इजरायल र प्यालेस्टाइन पुरै अट्टोमन इम्पायरको नियन्त्रित भूभागको रुपमा थियो । ब्रिटेनले आफु अट्टोमन इम्पायरमाथि विजयी भए त्यतिबेला मुस्लिम देशहरुको समुह अरब लिग (खाडी मुलुकहरुको समुह जो ओमनदेखि सिरियासम्म मुस्लिम धर्म मान्ने सबै देशहरु एउटै हुनुपर्छ भन्दै एकजुट भइरहेका हुन्छन) लाई प्यालेस्टाइन भूभाग दिने भनि युद्धमा सघाउँन अपिल गरेको थियो । अन्ततः सन् १९१८ मा ब्रिटेनले फ्रान्स र अरब राष्ट्रहरु सहयोगमा अटोमन माथि जित हासिल गर्छ । तर भित्र भित्रै ब्रिटेन र फ्रान्सबीच पहिला एउटा सम्झौता भैसकेको हुन्छ फलस्वरूप अट्टोमन इम्पायरबाट जितेको भूभाग (अहिलेको इजरायल र प्यालेस्टाइन) ब्रिटेनले बाचा गरे अनुरुप अरब लिगलाई नदिइ आफ्नो अधिनमा राख्छ । यसरी सन् १९१८ देखि १९४८ सम्म उक्त प्यालेस्टाइन भूभाग ब्रिटेनको अधिनमा रहन्छ ।

यसैबीच जर्मनमा हिटलरको उदय सँगसँगै लाखौ यहुदीमाथि नरसंहार सुरु हुन्छ । जर्मनमा मात्र नभए पुरै युरोपमा यहुदीहरु माथि भेदभाव र आक्रमण सुरु हुन्छ । जर्मनमा मात्र हिटलरद्वारा ६० लाख यहुदीहरुको निर्मम हत्या हुन्छ । जर्मन र युरोपबाट विस्थापित या भागेर अमेरिका पुगेका यहुदीहरूसँग ब्रिटेनले छुट्टै देश दिने भनि बाचा गर्छ । जेरुसेलम एकमात्र पवित्र स्थान रहेकोले यहुदीहरू जेरुसेलम सहर रहेको प्यालेस्टाइन भूमिमा बसाईसराइ गर्न सुरु गर्छन ।

सुरुवाती समयमा मुस्लिम, यहुदी र क्रिस्चियन सबैजना मिलेर प्यालेस्टाइनमा बसेका हुन्छन । तर पछि बिस्तारै बिस्तारै यहुदीहरू एक भइ आफ्नै अलग्गै देश हुनुपर्छ भन्दै विश्वभर रहेका यहुदीहरुलाई प्यालेस्टाइन फर्किन आह्वान गर्छन जसलाई जिओनिष्ट मुभमेन्ट (श्ष्यलष्कत ःयखझभलत) भनिन्छ । अन्ततः दोस्रो विश्व युद्धपछि कमजोर बनेको ब्रिटेनले सन् १९४८ मा त्यहाँ बसोबास गरिरहेका यहुदी र मुस्लिमलाई मिलेर अ–आफ्नो देश बनाउँन भन्दै प्यालेस्टाइन भूमिलाई २ देशमा बिभाजन गर्ने जिम्मा यूएनलाई दिएर ब्रिटेन आफु त्यो भूमिबाट बाहिरिन्छ ।

यूएनले प्यालेस्टाइनलाई २ भागमा बिभाजन गर्छ जसमध्ये ५७% भूभाग यहुदीहरुले र ४३% भूभाग फिलिस्’emले प्राप्त गर्छ । तर इसाई, यहुदी र इस्लामको सबैभन्दा पवित्र र महत्वपूर्ण स्थान रहेको जेरुसेलम सहर यूएन आफुले आफ्नो नियन्त्रणमा राख्छ । यहुदीहरुले यो बिभाजनलाई स्वीकार गर्छ र सन् १९४८ मै इजरायल नाम गरेको देशको घोषणा गर्छ । तर यो बिभाजनमा फिलिस्तिनी र छिमेकी मुस्लिम राष्ट्रहरु सहमत हुदैन । ब्रिटेनले मुस्लिम राष्ट्रहरुसँग गरेको बाचाअनुसार पुरै प्यालेस्टाइन एउटा मुस्लिम राष्ट्र हुनुपर्नेमा जोड दिन्छ । उनीहरुको असहमतिलाई यूएन र ब्रिटेनले नजरअन्दाज गर्छ । अन्ततः सन् १९४८ मा अरब लिग (जसमा अहिलेको इजिप्ट, जोर्डन, लेबनान, सिरिया, साउदी अरब र ओमन) ले इजराइलमाथि संयुक्त आक्रमण गर्छ ।

सिमित संख्यामा रहेको यहुदीहरू जो विश्वभर शिक्षित, बुद्धिमानी र निकै चलाख भनेर चिनिन्छ आफ्नो अस्तित्वको लागि युद्धमा जिउ ज्यान दिएर होमिन्छ । इजरायल एक्लैले अरब लिगको सम्पूर्ण राष्ट्रहरु माथि जित हासिल गर्छ । इजिप्ट, सिरिया, लेबनानको केहि भूभाग पनि आफ्नो कब्जामा पार्छ । यो जितसँगै प्यालेस्टाइनमा यहुदीहरू अझ बलियो भएर उदाउँछ र यूएनले छुट्याईदिएको फिलिस्’emको धेरै भूभाग अतिक्रमण गर्छ । सन् १९४८ देखि अहिलेसम्मको इजरायली अतिक्रमण हेर्ने हो भने प्यालेस्टाइनले आफ्नो भागमा परेको जमिनको आधाभन्दा बढी भूभाग गुमाइसकेका छन् ।

अब कुरा गरौ जेरुसेलमको । जुन इजरायल र प्यालेस्टाइनको विवादको मुख्य केन्द्र बन्दै आइरहेको छ । जेरुसेलम इजरायल र प्यालेस्टाइन देशको मध्य भागमा रहेको एउटा ऐतिहासिक र संसारकै सबैभन्दा पुरानो सहरहरु मध्येको एक हो । सन् १९४८ मा भएको इजरायल प्यालेस्टाइन भागवन्डामा यूएनले आफ्नो नियन्त्रणमा राखेको थियो । इजरायल सहर ऐतिहासिक मात्र नभएर मुस्लिम, यहुदी र क्रिष्चियन तीन वटै धर्मावलम्बीहरुको लागि एकदमै महत्वपूर्ण र पवित्र स्थान पनि हो । २ किलोमिटरको क्षेत्रभित्र तीनवटै धर्मको अतिनै महत्वपूर्ण र धार्मिक आस्थाका पवित्र स्तम्भहरु छन् । यहुदीहरुको वेस्टर्न वाल, मुस्लिमहरुको हरम अल सरिफ र अल अस्का मस्जिद र इसाईहरुको चर्च अफ होलि सेपलकर । यहुदीहरुको वेस्टर्न वालर स्लिमहरुको हरम अल सरिफ र अल अस्का मस्जिदको परिसर त एक आपसमा जोडिएको अवस्थामा छ ।

यहुदीहरुको पवित्र स्थल वेस्टर्न वाल २००० साल पुरानो किङ्ग डेविड मन्दिरको पश्चिमी भित्ता हो जुन ७२ शताब्दीमा रोमनहरुले भत्काए पछिको बाँकि रहेको अंश हो । मुस्लिमहरुको पवित्र स्थल अल अस्का मस्जिद र हरम अल सरिफ साउदी अरबमा रहेको मक्का र मदिना पछि तेस्रो पवित्र स्थल हो । मुस्लिमहरुको धार्मिक विश्वासका अनुसार प्रोफेट मोहम्मद यहि ठाउँबाट जन्नत गएका थिए । त्यसैगरी नजिकै इसाईहरुको सबैभन्दा पवित्र चर्च अफ होलि सेपलकर पनि रहेको छ जहाँ यशुलाई मृत्युपछि गाडिएको थियो भन्ने इसाईहरुको भनाइ छ ।

इजरायल र प्यालेस्टाइनमा इसाईहरुको संख्या न्यून रहेकोले मुख्यत मुस्लिम र यहुदीहरु बीच नै विवाद र द्वन्द चलिरहन्छ । जेरुसेलम शहरलाई यी दुवै देशहरु अ–आफ्नो देशको राजधानी बनाउने होडमा छन् । फलत जेरुसेलम शहर पनि अहिले आधाआधा भागमा बाडिएको छ । अझ भनौ अधिकांश जेरुसेलम भूभाग इजराइलको अधिनमा छ ।

हाल सुरु भएको विवाद र चर्किएको द्वन्दको बिजारोपण पनि यसै ऐतिहासिक शहर जेरुसेलमको पूर्वीय हिस्सामा भएको हो जसलाई इस्ट जेरुसेलम भनिन्छ । इस्ट जेरुसेलममा फिलिस्’emको बाक्लो बसोबास छ । यहाँ एउटा ठाउँ छ सेख जर्रा जहाँ सन् १८७६ अट्टोमन इम्पायरको पालामा २ यहुदीले अरबी जमिन्दारसँग जमिन खरिद गरको हुन्छ । सन् १९४८ को अरब–इजरायल यूद्धमा जोर्डनले इस्ट जेरुसेलम आफ्नो कब्जामा लिन्छ र त्यहाँ इजराइलबाट विस्थापित भएका फिलिस्तिनिहरुलाई बसोबास गर्ने आवास गृह बनाइदिन्छ । सन् १९६७ मा भएको छ दिने यूद्धमा इजरायलले इस्ट जेरुसेलम आफ्नो कब्जामा लिन्छ र त्यहाँ रहेका जमिन र घरको स्वामित्व पुनः यहुदीहरुलाई दिन्छ । आज त्यही कानुनी रुपमा प्राप्त गरेको जमिन र घरको मालिक यहुदीहरुले त्यहाँ बसोबास गरिरहेका फिलिस्तिनिहरुलाई घर खाली गर्न दवाव दिन्छ । यहि दवाव विवाद र द्वन्द हुँदै युद्धको रुपमा बढ्दै गैरहेको छ । बैदेशिक रोजगारीमा रहेका लेखक इनरुवा १ निवासी हुन ।

स्रोतउत्तम राई
अघिल्लो लेखमासानो जनसख्याँ भएको इनरुवामा ४ सय बढी सक्रमित, १२ को मृत्यु
अर्को लेखमाभोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादव पुर्पक्षका लागि थुनामा

21 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्