विराटनगर । मोरङ केराबारी गाउँपालिकामा तास खेलिरहेका पाँचजना पक्राउ परेका छन् ।
उनीहरुको साथबाट आठ लाख ८९ हजार २५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
वडा ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी
कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा हानेको थियो ।
प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा केराबारी गाउँपालिका ६ का ६० वर्षीय भुपेन्द्र भट्टराई र ४३ वर्षीय
बोधराज मगर, सुनसरीको धरान उपमहानगरपालिका १५ का ३६ वर्षीय अरुण केसी, धरान ६ का ३६ वर्षीय हरि खत्री र धरान १५ का ३८ वर्षीय शैलेश भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
हिजो साँझ जुवा खेलिरहेका उनीहरुको साथबाट नगदसहित १३ बुक तास, दुईवटा स्कुटी र दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।