विराटनगर । सुनसरीको बर्जु गाउँपालिका घर भएकी एक युवतीले आफ्नै प्रेमिलाई होटलमा बोलाएर उनको लिङ्ग काटिदिएकी छिन ।

केही समयदेखि प्रेममा रहेकी ति युवतीबाट प्रेमि टाढिन थालेपछि उनले विराटनगरको एक होटलमा बोलाएर यौनक्रियाकलाप गर्ने क्रममा प्रेमीको लिङ्ग कैचीले प्रहार गरी काटि दिएकी हुन।

सुनसरीको बर्जु गाउँपालिका २ घर भई विराटनगरमा डेरा गरि बस्दै आएकी २८ वर्षीया प्रेमिकाले २७ वर्षिय प्रेमिको विराटनगर–१५ रानीस्थित होटल मकालुमा लिङ्ग काटिदिएकी हुन ।

घटनाको सन्दर्भमा प्रेमी र प्रेमिकाको बयान भने फरक देखिएको छ । प्रेमीले आफूलाई प्रेमिकाले होटलमा बोलाएर आक्रमण गरेको दावी गरेका छन भने प्रेमिकाले आफूलाई होटलमा बोलाएर जबरजस्ती गर्न खोजेपछि आफूले आक्रमण गर्नु परेको दावी गरेकी छिन ।

होटलमा लगेर जबरजस्ती करणी गर्न खोजिएको भन्दै ती युवतीले कैचीले युवकको लिङ्ग कैचिले काटिदिएको प्रहरीले जनाएको छ ।

एक इन्स्योरेन्स कम्पनीमा जागिर खाईरहेकी ति युवती र नेपाल प्रहरीका जागिरेसमेत रहेका युवसँग एक वर्ष अगाडिदेखि सम्बन्धमा थिए ।

प्रहरीका अनुसार बर्जुकी युवतीसँग प्रेममा रहेका प्रहरी युवालाई घर परिवारबाट विवाह गर्ने दवाव आएपछि उनी विगत पाँच छ महिनादेखि मोवाईल नम्बर परिवर्तन गरेर प्रेमिकासँग संवादहिनताको स्थितिमा थिए ।

प्रेमिकाले उनको नम्बर पत्ता लगाएर उनले अन्तिम पटक भेट्न आग्रह गर्दै होटलमा बोलाएका प्रेमि र उनीबीच राती करिब आठ बजे यौनसम्पर्कको लागि तयारी भईरहँदा आफूलाई धोका दिन खोजेको भन्दै लिङ्गमा आक्रमण गरेको बताईएको छ ।

लिङमा गंभिर चोटका कारण घाईते भएका प्रेमी सेभिङ गर्दा काटिएको भन्दै उपचारको लागि विराटनगमै रहेको नावेल मेडिकल कलेजमा उपचार गराएर स्वास्थ भएका छन । उनको लिङ्गमा दश टाँका लगाउनु परेको छ ।

घटनापछि प्रेमिकाले प्रेमिमाथि जवरजस्ती करणीको अभियोग लगाएकी छिन । उनले जबरजस्ती करणी उद्योगमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा जाहेरी दर्ता गराएकी छिन् ।

प्रहरीले ति युवालाई पक्राउ गरिसकेको छ । प्रहरीले अनुसन्धान पूरा गरेको अभियोग जिल्ला सरकारी वकिलको कार्यालय पठाइसकेको छ ।

अघिल्लो लेखमाइनरुवा नगरक्षेत्रका अतिबिपन्न महिलालाई तिज उपहार
अर्को लेखमाब्रतालु महिलाहरुसँगै इनरुवाका मेयरले मिलाए तालमा ताल

19 टिप्पणीहरू

  1. Great ?V I should definitely pronounce, impressed with your site. I had no trouble navigating through all the tabs as well as related info ended up being truly simple to do to access. I recently found what I hoped for before you know it in the least. Quite unusual. Is likely to appreciate it for those who add forums or something, website theme . a tones way for your customer to communicate. Nice task..

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्