सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ बिरुद्धको लडाँईमा खटिएका गाईनो वार्डका नर्सहरुले आन्दोलन थालेसँगै जुनियर रेसिडेन्टहरुको आन्दोलन शुरु गरेका छन ।
कोभिड १९ बिरुद्धको लडाईमा महत्वपुर्ण भुमिका खेलिरहेका जुनियर रेसिडेन्टहरुले विभिन्न ९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम शुरु गरेका छन् ।
प्रतिष्ठानमा कार्यरत जुनियर रेसिडेन्टहरुले प्रतिष्ठानले आफुहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशिका विपरित एउटै विभागमा महिना दिनसम्म काममा खटाएको, चिकित्सकहरुलाई स्वास्थ्य मन्त्रालयले तोकेको जोखिम भक्ता उपलब्ध नगराएको भन्दै विभिन्न माग राखी आन्दोलनका कार्यक्रम शुरु गरेका हुन ।
आन्दोलनका कार्यक्रम अन्तर्गत जुनियर रेसिडेन्टहरुले शुक्रवार पदाधिकारी तथा प्रशासनमा मागपत्र बुझाउने, भदौ ७ गतेसम्म माग पुरा नभए हातमा कालोपट्टी बाँधेर काम गर्ने र हातमा कालोपट्टी बाँधेर काम गरेको २४ घण्टा भित्र पनि माग पुरा नभए भदौ ८ गते देखि इमरजेन्सी बाहेक अन्य कुनै विभागमा ड्युटिमा नखटिन घोेषणा गरेका छन् ।
Looking at this article, I miss the time when I didn’t wear a mask. slotsite Hopefully this corona will end soon. My blog is a blog that mainly posts pictures of daily life before Corona and landscapes at that time. If you want to remember that time again, please visit us.
Капитан Филлипс
коли закінчиться війна в україні 2022 передбачення війна в україні 2022 пророцтва коли почалась друга світова війна