इनरुवासहितका पालिकामा दलहरु उम्मेदवार लिएर मतदाता भेटन गाँउ पसे

7
207
In the municipality including Inaruwa the parties entered the village with candidates
local cunab inaruwa

समर्थक र कार्यकर्ताहरुमा उत्साह नहुँदा सहभागिता न्यून

इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहितका पालिकाहरुमा स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार लिएर मतदाता भेटन टोल वस्तीमा जान थालेका छन ।

यस पटकको स्थानीय निर्वाचनमा ४२ हजार ७ सय ४८ मतदाता रहेका इनरुवामा दलहरुले उम्मेदवारलाई मतदाता भेटन गाउँ टोलमा लिएर जानुका साथै आफ्ना एजेण्डाहरु बताउँन थालेका हुन ।

इनरुवामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले उम्मेदवार लिएर मतदाता भेटन गाँउमा मत माग्दै हिडन थालेका हुन ।

४ नम्बर वडाबाट चुनावी अभियानको सुरुवात गरेको एमालेले चुनाव प्रसार प्रसारका लागि वडामा पार्टी कार्यालय सञ्चालनमा ल्याउँदै मतदाताको घरदैलौमा उम्मेदवार लिएर एमालेका नेता कार्यकर्ताहरु पुगेका छन ।

नेकपा एमालेका तर्फबाट इनरुवामा मेयरको उम्मेदवार रहेका सरोज पोखरेल, उपमेयरकी उम्मेदवार शहजादी प्रविणसहित ४ नंम्बर वडाका अध्यक्ष पदका उम्मेदवार राजेश मेहतासहितको टोली मतदाता भेटन गाउँ पसेको हो ।

निर्वाचन परिचालन समितिका एमालेका नेता खेमराज पोखरेलका अनुसार चुनावी एजेण्डा समावेश गरिएको इनरुवा नगरको घोषणापत्र सँगसँगै प्रत्येक वडाको छुट्टाछुट्टै चुनावी घोषणापत्र मतदाताको हात हातमा दिएर एमालेका उम्मेदवारका पक्षमा मत मागिएको छ ।

नेपाली कांग्रेसले पार्टीका तर्फबाट मेयरका उम्मेदवार रहेका केदार भण्डारीको घर रहेको वडा इनरुवा ५ बलाहाबाट मतदाता भेटन उपमेयरकी उम्मेदवार विनीताकुमारी मेहतासहित वडाअध्यक्षका उम्मेदवार अनिल पोखरेलसहितका उम्मेदवार लिएर घरदैलौ कार्यक्रम थालेको छ।

कांग्रेसको घरदैलौ कार्यक्रममा उम्मेदवारसहित काग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सासंद सिताराम मेहता, प्रदेश सभाका सासंद राजिव कोइराला सहभागी रहेका छन ।

मतदातालाई कांग्रेसले उठाएका उम्मेदवारलाई मत दिन आग्रह गर्दै घरदैलोमा पुगेका नेता कार्यकर्ताहरुले विभिन्न विकास निर्माणका योजनाहरु निर्वाचित भएपछि लागु गर्ने आश्वासन दिएका छन ।

नेपाली कांग्रेस इनरुवाले चुनावी घोषणापत्र तयार हुने क्रममा रहेकाले घरदैलौमा जाँदा मतदातालाई घोषणापत्र दिन नसकिएको जनाएको छ ।

जनता समाजवादी पार्टीले इनरुवाका सवै वडा तथा बजार क्षेत्रमा चुनावी प्रचार प्रसारका लागि मोटरसाइकल ¥यालीको आयोजना गरेको छ ।

निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता हुनु अगावै घरदैलो कार्यक्रम लिएर गाउँ पसेको जसपाले मनोनयन दर्तापछि मतदाता बिचमा चुनावी प्रचार प्रसारलाई जोड दिदै चुनावी एजेण्डा लिएर जाने थालेको छ ।

यससँगै नेकपा एकीकृत समाजवादीले चुनाव प्रचार प्रसारका लागि नगरस्तरीय मोटरसाइकल ¥यालीको आयोजना गरि आफ्ना उम्मेदवारहरुको पक्षमा चुनावी माहौल सृजना गर्न सुरु गरेको छ।

नेकपा एसका केन्द्रीय परिषद सदस्य सागर तिम्सिनाले इनरुवामा मेयर बसन्त सुवेदीसहितका वडा तहका उम्मेदवारहरुको घरदैलौ अभियान प्रत्येक दिन संचालन गर्न निर्वाचन परिचालन समितिले योजना बनाएर मतदाताका माँझमा उम्मेदवार लिएर जाने तयारी गरिएको बताए ।

नेकपा माओवादी केन्द्रले नगरका सवै वडामा मतदाताका बिचमा उम्मेदवार लिएर जाने योजनासहित चुनाव परिचालन अभियान थालेको छ ।

सुनसरीमा रहेका मुख्य राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाका सवै पालिकामा वडा केन्द्रित घरदैलौ गर्न उम्मेदवार लिएर मतदाता भेट्न गाँउ पसेपनि दलका नेताहरुको पछि समर्थक र कार्यकर्ताहरुको सहभागिता भने न्युन देखिएको छ ।

निर्वाचन आयोगले भड्किलो चुनाव प्रसार प्रसारमा रोक लगाएपछि रङीचड्डी चुनावी अभियान नभएको कारण युवा पंक्तिको सहभागीता न्युन भएको अनुमान दलहरुले गरेका छन ।

अघिल्लो लेखमाइनरुवामा नेकपा एस र कांग्रेसका डेढ दर्जन बागीको स्वतन्त्र उम्मेदवारी फिर्ता
अर्को लेखमाइनरुवाका वडा वडामा कांग्रेसलाइ बागी उम्मेदवारको दबदबा

7 टिप्पणीहरू

  1. Blogs are an excellent means to share your thoughts as well as suggestions with the world. They are also a fantastic method to build your individual brand.A blog site is an internet site that contains articles or articles on a specific subject. Blogs can be utilized for individual use, business use, or both.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्