सुनसरी,कात्तिक-१६ गते । सुनसरी रामधुनी-२ शिवनगर स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी-२ शिवनगरका २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी सवार रहेका सोही स्थानका २३ बर्षीय जिवन चौधरी रहेका छन ।

हिजो राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकलले साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको टलीमा ठोकीएर दुर्घटना हुदा मोटरसाईकल चालक निमेश र पछाडी सवार जिवन गम्भिर घाईते भएका थिए ।

उनिहरुको घोपा धरानमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ट्याक्टर नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

अघिल्लो लेखमाफ्रान्समा पुन: हमला, गोली चल्दा चर्चका पादरी घाइते
अर्को लेखमामोरङमा ८ लाख रुपैयाँ नगदसहित ५ जुवाडे पक्राउ