सुनसरीबाट नागरिकता लिएका भारतीय नागरिक पक्राउ

0
79
इनरुवा । भारतको स्थायी बासिन्दा भएर नेपालबाट बंशजको नागरिकता लिएका देबनारायण भनिने देबप्रकाश रायलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले मुद्धा चलाएको छ ।
इनरुवा । भारतको स्थायी बासिन्दा भएर नेपालबाट बंशजको नागरिकता लिएका देबनारायण भनिने देबप्रकाश रायलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले मुद्धा चलाएको छ ।

इनरुवा । भारतको स्थायी बासिन्दा भएर नेपालबाट बंशजको नागरिकता लिएका देबनारायण भनिने देबप्रकाश रायलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले मुद्धा चलाएको छ ।
तत्कालिन अमडुवा गाविस हाल बर्जु गाउँपालिका वडा नम्बर २, अमडुवा ठेगाना राखेर जिल्ला प्रशासन कार्यालय सुनसरीबाट बंशजको आधारमा नागरिकता प्राप्त गरेका राय भारत विहारको अररिया जिल्ला फरबिसगञ्ज मौजाअन्र्तगतको जोगवनी १५ का स्थायी बासिन्दा भएको प्रमाणसहित परेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।
चैत्र ३० गते पक्राउ परेका रायको विरुद्ध परेको उजुरीमा थप अनुसन्धान गरी मुद्दा चलाउन अदालतले पाँच दिनको म्याद थप गरेको छ । रायबिरुद्ध मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा १४ को उपदफा ६ बमोजिम थप अनुसन्धानको लागि समय दिएको हो ।
राय दिउँसो विराटनगर १५ मा बोर्डिङ स्कुल र औषधीको आफ्नो ब्यापार सञ्चालन गरेर राती भारतमा रहेको घरमै बस्दै आएका छन । उनले बंशजको आधारमा २०४६ साल जेठ २८ गते नेपाली नागरिकता लिएपनि हालसम्म उनको भारतको मतदाता नामावलीमा नाम देखिन्छ । देबनारायण रायको नामबाट उनको मतदाता नामावलीमा नाम देखिन्छ । उनकी श्रीमति जसले भारतीय नागरिकता त्यागेको स्वघोषणा गरेर नेपालमा अंगिकृत नागरिकता प्राप्त गरेकी छिन उनको पनि हालसम्म मतदाता नामावली कायमै छ । जीवाईक्यू५४६६२५५ नम्बरको मतदाता परिचयपत्रमा श्रीमति प्रीतीदेबी र पतिको नाम देब प्र. राय उल्लेख छ । श्रीमतीले २०६६ सालमै नेपाली नागरिकता प्राप्त गरेपनि भारतीय मतदाता नामावली जुन २०१९ जुलाई २६ मा अपडेट गरिएको छ ।
रायको पिता टेकनारायण रायको नामा अहिलेपनि फरविसगञ्ज मौजाको जोगवनी १५ मा बसोबास रहेको उनको नाममा जग्गा देखिन्छ । त्यसैगरी उनका दाजु भानुप्रकाश राय, श्रीप्रकाश रायले भने २०७८ असारमा आफ्नो नेपाली नागरिकता त्यागेका थिए ।
सुनसरी प्रहरीले पक्राउ गरी मुद्धा चलाएका रायलाई अघि पनि दोहोरो नागरिकताको उजुरीमा जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई पक्राउ गरी पाँच लाख रुपैया धरौटीमा छाडेको थियो ।

अघिल्लो लेखमाभोक्राहा नरसिंह गाउँपालिकाको पालिका बासीहरुमा सन्देश
अर्को लेखमाइनरुवाका सामुदायिक विद्यालय सुधार गर्न शिक्षकको अन्तर विद्यालय सरुवा गरिने