सुनसरी जिल्लाको प्रशासनिक हेडक्वार्टरको फेसबुक पेज हो ‘हेलो ! जिल्ला प्रशासन कार्यालय, सुनसरी’ ।

पैतिस सयभन्दा बढीले मनपराएको सो पेज कोरोना संक्रमण सुरु भएयता लकडाउन लागेपछि अहिलेसम्म जिल्लामा धेरैले हेर्ने मध्येको एक हो ।

कहिले निषेधज्ञा लगाउने, कहिले के मा त कहिले के मा रोक लगाउने खाले सूचनाहरु प्रकाशित भईरहने भएकोले होला सूचनामा चासो राख्ने वर्गमा पर्ने कर्मचारी, पत्रकार, राजनीतिज्ञ, अधिकारकर्मीहरुले यो पेजको लाईक बटनमा लाईक ठोकेर कुनै सूचना जारी हुने वित्तिकै आफ्नो सामाजिक सञ्जालको भित्तामा झुल्किहाल्ने अवस्था बनाएका छन ।

आइतवार स्तम्भकारको सामाजिक सञ्जाल फेसबुकका भित्तामा ‘टिङ’ को नोटिफिकेसन आवाजसहित एउटा सूचना झुल्कियो । आफूलाई पनि अरुले पत्रकार भन्ने गरेकोले होला के सूचना जारी भएछ भनेर हेर्ने घटना स्वभाविक भएर आयो ।

निषेधाज्ञाको सूचना रहेछ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२०मा रहेको ब्यवस्थाअनुसार कार्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्म अर्थात नेपालीहरुको प्रमुख पर्व तिहार र छठको लागि लक्षित गरेर निषेधाज्ञा लगाएकोले १३ वटा बुँदा यि यि काम गर्न निषेध गरेको जानकारी रहेछ ।

जसमा धार्मिक स्थलमा सार्वजनिक रुपमा पूजापाठ नगर्ने, भजन किर्तन नगर्ने, देउँसी भैलो नखेल्ने, मेला नलगाउने, दलका कार्यक्रम नगर्ने, शुभकामना आदानप्रदान गर्ने, उद्घाटन÷शिलान्यास नगर्ने, पटका बिक्री र प्रयोग गर्ने, तलाउ र नदीमा भिडभाड गरेर पूजा नगर्ने विषयहरु समावेश छ ।

सूचनाको संकेत सिधा र स्पष्ट छ, तिहारमा परम्परागत रुपमा खेलिदै आएको देउँसी भैलो नखेल, जिल्लाका नहर, पोखरी र खोलमा गरिने छठ नगर ।

योभन्दा बाहेकका क्षेत्रमा लगाईएको निषेधाज्ञा त अहिलेसम्म उही देखावटी बाहेक केही छैनन् ।

सुनसरी प्रशासनले यसअघि पनि यस्तै निषेधज्ञा जारी गर्दै आएको थियो तर नेकपा र नेपाली कांग्रेसले प्रशिक्षण र पार्टी प्रवेशको नाममा जिल्ला भरी दर्जनौ कार्यक्रम खुल्ला रुपमा अपार भिडका साथ गरेकै हुन ।

उद्घाटन र शिलान्यास त प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशै भरी प्रायः गरिनै रहेका छन । तर उनीहरुलाई ‘हेलो ! जिल्ला प्रशासन कार्यालय, सुनसरी’ ले छुन सकेन ।

‘हेलो ! जिल्ला प्रशासन कार्यालय, सुनसरी’ कै मुकाम र मुखियाको छाप्रो नजिकै रहेको विहानको सुनसरी क्याम्पसको मुखमा लाग्ने कृषि बजार, सोम’bout र विही’bout हाट, गुद्री बजारमा विक्रेता मास्क बेगर हुन्छन, उपभोक्ता पनि त्यस्तै, अपार भिडका साथ लाग्छ ति बजार ।

अहिलेसम्म मैले कम्तीमा त्यहाँ गएर ब्यवस्थित कसैले गर्ने प्रयास गरेको मैले चाँही देखेको छुईन ।

किसानका बजार र सर्वसाधारणको मात्रै के कुरा गर्नु, ‘हेलो ! जिल्ला प्रशासन कार्यालय, सुनसरी’ मै सेवाग्राहीको जुलुस र त्यहाँ गरिएको ब्यवस्थापन सबैले देखेकै हुन ।

अझै मालपोत कार्यालय, नापी शाखा गएर हेरे अवस्था झनै स्पष्ट भई हाल्ने ।

बाँकी रहेको थोरबहुत कसुर इनरुवाको बजारले पुरा गरिहाल्छ । इनरुवाको पुरानो कमल टाकिजको नयाँ सिनेमा लागेको जानकारी गाउँ–गाउँ गराउँदै हिड्ने रामाको उद्घोषण कला ‘कमल टाकिजको सानदार पर्दामा अपार भिडका साथ चलिरहेको छ, महान पारिवारिक चलचित्र……..!’ भन्ने शैलीमै अपार भिडभाड आँखा अगाडि छदैछ ।

भर्खरै इनरुवाका एक कोरोना संक्रमितको दाहसंस्कारमा देखिएको दृष्यले पनि थप कसर पुरा गरिहाल्छ ।

यस्ता परिस्थितिमा गाउँका दुई–चार जना मिलेर आफ्नो परम्परा धान्न खेलिने देउँसी भैलोमा ‘हेलो !

जिल्ला प्रशासन कार्यालय, सुनसरी’ को आँखा किन लागेको ? वर्षमा एकपटक सुनसरी खोला र पूर्वटोलको नहरमा एक–दुई सय मानिस भेला भएर इश्वरको आराधना गरेको किन आँखा लागेको ?

समय प्रतिकुल छ, यस्ता जोखिम बढाउने क्रियाकलाप रोक्ने प्रयत्न गर्नु सकारात्मक हो तर आफ्नै आँखा अगाडि दिनदिनै हुने नौटंकीमा मुकदर्शक बन्ने अनी लकडाउनका कारण उत्पन्न एकांकीपना, मानिसक समस्या, जीविकोपार्जनका समस्याबाट थोरै भएपनि मानिसलाई राहत दिने पर्वको खुसियाली र हर्षोल्लासलाई रोक्ने ?

‘टाउकोको दबाई नाईटोमा लगाई’ भने जस्तो । यो त भएन है ‘हेलो ! जिल्ला प्रशासन कार्यालय, सुनसरी’ । ‘

सकिन्छ, सबैखाले त्यस्ता क्रियाकलापहरुलाई रोकौ सकिदैन भने लकडाउन र महामारीले निराश मनस्थितिमा पुगेका सर्वसाधारणलाई एक दिन भएपनि खुसी भएर बाँच्न दिऊ ।

हुन त यो शक्तिशाली राज्यको निर्णय हो म जस्ता बबुरोले भन्दैमा हुने त केही होईन, त्यही पनि चित्त नबुझेर नि कलम चलाएको । रिसानी माफ होस ।

अघिल्लो लेखमायो जित नागरिकको हो : जो बाइडेन
अर्को लेखमाआफ्नै नगरपालिकाविरुद्ध इनरुवाकी उपप्रमुखद्धारा अख्तियार जाने चेतावनी

52 टिप्पणीहरू

  1. Please let me know if you’re looking for a author for your weblog. You have some really good articles and I feel I would be a good asset. If you ever want to take some of the load off, I’d love to write some articles for your blog in exchange for a link back to mine. Please blast me an e-mail if interested. Thank you!

  2. Hi there! I know this is somewhat off topic but I was wondering which blog platform are you using for this website? I’m getting fed up of WordPress because I’ve had problems with hackers and I’m looking at alternatives for another platform. I would be fantastic if you could point me in the direction of a good platform.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्