सुनसरी । भारतमा कोरोना भाइरसविरुद्ध खोप लिएका चार सयभन्दा बढीमा साइट इफेक्ट देखिन थालेको छ ।

हालसम्म दुई लाख २४ हजार जनालाई दिइएको खोपमध्ये चार सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालय जनाएको छ ।

केन्द्रीय स्वास्थ्य सचिव डा. मनोहर आगनानीका अनुसार तीमध्ये तीन जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो ।

अस्पताल भर्ना भएका तीनमध्ये दुईलाई डिस्चार्ज गरिएको छ भने एकलाई डाक्टरको निगरानीमा राखिएको छ ।

धेरैजसो मानिसहरूलाई हल्का ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी आउने जस्ता लक्षण देखिएको थियो ।

खोप अभियानको पहिलो दिन झन्डै दुई लाख मानिसलाई खोप दिइएको थियो ।

दोश्रो दिन आइतबार भने भारतका छवटा राज्यमा करिब १७ हजार व्यक्तिलाई मात्र खोप दिइएको छ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको स्थानीय उत्पादन कोभिशील्ड र भारत बायोटेकको कोभ्याक्सिनको प्रयोग गरिएको थियो ।

तर, हालसम्म कुन खोपले साइड इफेक्ट देखाएको हो भनेर बताइएको छैन ।

दुबै खोप २८ दिनको फरकमा दुई डोज दिइने छ ।

खोपको दोस्रो डोज लगाएको १४ दिनपछि मात्र रोग प्रतिरोधी क्षमता पूर्ण अवस्थामा पुग्ने बताइएको छ ।

भारतमा पहिलो चरणमा लगभग एक करोड स्वास्थ्यकर्मीलाई खोप लगाइने बताइएको छ ।

त्यसपछि प्रहरी, सेना, नगरपालिका र फ्रन्टलाइनमा खटिएका कर्मचारीलाई खोप दिइने छ ।

त्यसपछि ५० वर्षभन्दा माथिका र अन्य रोग भएका ५० वर्षभन्दा मुनिका व्यक्तिहरूलाई खोप प्रदान गरिने छ ।

अघिल्लो लेखमानेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस
अर्को लेखमामाइक्रो दुर्घटनामा परि इनरुवाका एकसहित तीनको मृत्यु आठ घाइते

12 टिप्पणीहरू

  1. Woah! I’m really enjoying the template/theme of this blog. It’s simple, yet effective. A lot of times it’s hard to get that “perfect balance” between user friendliness and appearance. I must say that you’ve done a awesome job with this. Also, the blog loads super fast for me on Chrome. Superb Blog!

  2. I truly wanted to type a small remark so as to express gratitude to you for the marvelous tips and tricks you are sharing at this site. My extensive internet research has finally been honored with useful ideas to exchange with my friends and family. I ‘d say that most of us visitors actually are truly fortunate to exist in a fabulous website with so many perfect professionals with helpful principles. I feel very grateful to have seen your website and look forward to many more exciting minutes reading here. Thanks again for everything.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्