सुनसरीमा कांग्रेस र एमालेबाट विद्रोह गरेर मनोनयन दर्ता गर्नेको लर्को

4
211
In Sunsari Congress and UML rebelled and registered their nominations
local election 2079

सुनसरी । मनोनयन दर्ताको अन्तिम दिन बैशाख १२ गते सुनसरी जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र रुपमा वा अन्य पार्टीमा प्रवेश गरेर मनोनयन दर्ता गर्नेहरुको लर्को देखिएको छ ।

धरान–१४ नं. वडाबाट नेपाली कांग्रेसबाट विजयी वहालवाला वडाध्यक्ष कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्तासहित राप्रपामा प्रवेश गरेका छन।

यस्तै १ नं. वडाका वडाध्यक्ष रोशन अधिकारीसहित करिव दुई सय कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् ।
कांग्रेसबाट फेरी वडाध्यक्षमा टिकट प्रायः निश्चित भएर सोमबार नै वडाध्यक्षबाट राजीनामा दिएका भट्टराई र अधिकारीलाई एकाएक टिकट नदिए पछि कांग्रेस छाडेर राप्रपामा प्रवेश गरेका हुन ।

उनीहरुसहित वडाका दर्जनौ कार्यकर्ताहरुले पार्टी छाडेका छन् । १४ नं. वडामा कांग्रेसले स्थानीय श्याम श्रेष्ठलाई टिकट दिएर पछि असन्तृष्ट पक्षले पार्टी छाडेका हुन् । १ नं. वडामा कांग्रेसबाट द्वारिका आचार्यलाई टिकट दिएको छ ।

धरान–१ वाट नगर सभा सदस्य विवेक प्रसाईसहित नगर सदस्य तथा पार्टीका क्रियाशिल सदस्यहरुले कांग्रेस छाडेर राप्रपा गएका छन् । करिव २ सय जना आफुसँगै राप्रपामा गएको रोसनले बताए । उनीहरु दुवैले पुन वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन । ।

यस्तै ६ नं. वडाबाट भूपेन्द्र भट्टराईले टिकट नपाए पछि स्वतन्त्रा उम्मेद्वारी दिएका छन । त्यहाँ पार्टीले वडाध्यक्षमा कृष्णकुमार राईलाई टिकट दिएको थियो ।
त्यस्तै इनरुवा नगरपालिका वडा नम्बर ३ मा टिकट नपाएपछि त्यहाँ यसअघि उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता सितोष पोखरेलले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन ।

त्यस्तै वडा नम्बर २ मा अपेक्षा विपरित टिकट वितरण गरेको भन्दै त्यहाँको कांग्रेसको वडा कमिटीका नेताहरुले कांग्रेस छाडेको घोषणा गरेका छन ।

त्यसैगरी इनरुवा वडा नम्बर ४ मा नेपाली कांग्रेसले टिकट नदिएपछि आकांक्षी बौवालाल मेहताले लोसपा पार्टीबाट वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन ।
नेपाली कांग्रेसकी इनरुवा नगर कार्य समितिकी उपसभापति विनीता दाहालले उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन ।

कांग्रेसकी जिल्ला सदस्य तथा सामाजिक अभियन्ता शहजादी प्रविणले कांग्रेस परित्याग गरि नेकपा एमालेबाट उपमेयरमा उम्मेदवार बनेकी छिन । अर्का कांग्रेसका नेता लक्ष्मी साह हल्वाईले १ नम्बर वडाबाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका छन ।

इनरुवा ५ बाट कांग्रेसका कलाधर पोखरेल, टंकप्रसाद पोखरेल, वडा नम्बर २ बाट देवनारायण सुतियार, योगेन्द्रप्रसाद शर्मा, भुपिन्द्र सिंह यादव, बबिता स्वर्णकालले उम्मेदवारी दिएका छन ।

त्यसैगरी एमालेका नेता अन्जनी कुमार पोखरेलले इनरुवा ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।

अघिल्लो लेखमाइनरुवाको मेयर उपमेयरमा एक दर्जन बढीको उम्मेदवारी (सुचीसहित)
अर्को लेखमादुहबीमा कांग्रेसको नेतृत्व तहका नेता कार्यकर्ताहरु पार्टी परित्याग गरी अलग

4 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्