सुनसरी । विभागीय टिम आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

कप्तान विनोद भण्डारीको शतकमा आर्मीले सुखद सुरुवात गरेको हो ।

शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकी १२ बल छँदै १ सय ८९ रनमा अलआउट भयो ।

गण्डकीका लागि समिर कँडेलले अर्धशतकीय पारी खेले ।

त्यस्तै विपिन खत्री ३७ रनमा अविजित रहे ।

अर्जुन कुमारले ३६ र दीपक डुम्रेले २६ रन बनाए ।

विष्णु पाण्डेले १२ रन बनाए ।

बलिङतर्फ आर्मीका राजेश पुलामीले ५ विकेट लिए ।

यस्तै, भीम सार्कीले ३ तथा आकाश चन्द र रोहित पौडेलले १-१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको थियो ।

आर्मीका लागि विनोद भण्डारीले शतकीय इनिङ्स खेले ।

विनोदले ९ चौका र ५ छक्काको मद्दतले १११ रन बनाए ।

यस्तै, राजु रिजालले ४५ रन बनाउदा लोकेश बलले ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए ।

भीम सार्की १५, रोहित पौडेल १० र हरिकृष्ण झा १४ रनमा आउट भए ।

बलिङतर्फ गण्डकीका विपिन खत्री र विशाल पौडेलले समान २ विकेट लिए ।

दीपेश खत्री र चन्द्र पौडेलले एक-एक विकेट लिए ।

अघिल्लो लेखमाकोरोना संक्रमितको संख्या विश्वमा ९ करोड १८ लाख नाघ्यो
अर्को लेखमाहरिनगरको बसन्तपुरमा भिषण आगलागी

12 टिप्पणीहरू

  1. I would like to convey my appreciation for your kind-heartedness supporting those people that should have guidance on that area. Your real commitment to getting the solution throughout had become wonderfully insightful and have all the time permitted girls like me to get to their endeavors. Your personal important hints and tips means much to me and much more to my office workers. Many thanks; from each one of us.

  2. Excellent goods from you, man. I’ve understand your stuff previous to and you’re just extremely excellent. I really like what you have acquired here, certainly like what you’re stating and the way in which you say it. You make it entertaining and you still take care of to keep it wise. I can not wait to read much more from you. This is really a tremendous web site.

  3. You actually make it appear really easy along with your presentation however I find this topic to be actually one thing which I feel I’d never understand. It sort of feels too complex and extremely large for me. I’m taking a look ahead to your subsequent post, I?¦ll try to get the cling of it!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्