सुनसरी । सत्तारुढ गठबन्धनभित्रको घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कमजोर रहेको सुनसरी जिल्लामा गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र एक्लै निर्वाचनमा जाने तयारी गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र आगामि मंसिर ४ गते हुने निर्वाचनमा संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नेहरुको सक्रियता बढेको छ ।

नेकपा एमालेले एक र नेपाली कांग्रेसले तीन वटा संघीय प्रतिनिधिसभा सदस्य जितेको सुनसरीमा कांग्रेसले आफूले जितेका तीन वटा निर्वाचन क्षेत्रका उम्मेदवार आफ्नोतर्फबाट उठाउने स्थिति देखिदा कांग्रेसभित्र आकांक्षीहरुहरुको सक्रियता बढाएका छन भने विजयकुमार गच्छदारको निर्वाचन उठ्न नपाउने स्थिति, कांग्रेसभित्रको संस्थापन र गैरसंस्थापन पक्षबीचको आन्तरिक मतभेदका कारण मौकको फाईदा उठाउन सक्ने स्थितिका कारण एमालेभित्र पनि आन्तरिक जोडघटाउसहित आकांक्षीहरु सक्रिय बनेका छन ।

यद्यपि सुनसरीमा कांग्रेस र एमालेभित्र पुरानै नेताहरुको आकांक्षीको होडमा रहँदै आफ्नो लविङ तिब्र बनाउँदा आगामि चुनावमा पनि पुरानै अनुहार दोहोरिने संकेत देखिएको छ ।

जिल्लामा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ भने माओवादी केन्द्रको उपस्थिति नगण्य छ । स्थानीय तह निर्वाचन परिणाम हेर्ने हो भने पनि सुनसरीमा एमाले–कांग्रेसबीच नै प्रतिस्पर्धा हुने निश्चित प्रायः देखिन्छ ।

सत्तारुढ गठबन्धन कायमै रहेर सुनसरीमा चुनावमा प्रतिष्पर्घा हुने स्थिति भएमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा एक सिट जसपा, माओवादी केन्द्र र नेकपा एस मध्य एकले पाउने सम्भावना छ ।

गत निर्वाचनमा क्षेत्र नं. १ बाट नेकपा एमालेका जयकुमार राई, क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका सीताराम मेहता, क्षेत्र नं. ३ बाट कांग्रेसका विजयकुमार गच्छदार र क्षेत्र नं. ४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका थिए । अब पनि यिनै नेता मैदानमा उत्रने तयारीमा छन् ।
क्षेत्र नम्बर १

सुनसरीमा १ मा अघिल्लोपटक विजयी जयकुमार राई बलियो दाबेदारीका रूपमा अगाडि बढेका छन् । पार्टीभित्रका कतिपय नेताहरू पनि जयकुमारलाई टिकट दिनुपर्ने पक्षमा रहेको उनी निकट कार्यकर्ता बताउँछन् ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका भीम आचार्यले यस क्षेत्रका अर्का आकांक्षी हुन् । उनी पनि पार्टीमा टिकटका लागि ‘लबिङ’ गर्दै आएका छन् । आचार्य यसअघि सुनसरी १ बाटै प्रदेशसभा सदस्य बनेर मुख्यमन्त्री बनेका थिए ।

प्रदेश सभामुख प्रदीप भण्डारी प्रतिनिधिसभामा उठ्ने तयारीमा जुटेका छन् । सुनसरी क्षेत्र नं. १ बाट प्रदेशसभा सदस्य उनी अब संघीय संसद् बन्ने गृहकार्यमा जुटेको एमाले कार्यकर्ताहरू बताउँछन् ।

यस्तै ०७६ को उपनिर्वाचनमा धरान उपमहानगरको प्रमुखका उठेका प्रकाश राईले टिकटको दाबी गर्दै आएका छन् ।

सुनसरी १ मा कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सचेतक मीन विश्वकर्मा उम्मेदवारी दिने तयारीमा छन् । यसअघि समानुपातिकबाट सांसद रहेका उनी पूर्वमन्त्री पनि हुन् । केन्द्रीय सदस्य मिना सुब्बा, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, पूर्व मेयर तिलक राईको नाम पनि चर्चामा छ ।

गठबन्धन गर्दा क्षेत्र नं. १ मा माओवादी वा जसपाको भागमा पर्न सक्ने नेताहरूको आकलन छ । यसअघि जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले आफू पुनः एकपटक उम्मेदारी रहने घोषणा गरेका छन् । ०७४ मा कांग्रेसले अशोकलाई सघाएको थियो ।

अघिल्लो निर्वाचनमा राईलाई कांग्रेसले सघाएपछि कांग्रेसका विश्वकर्मा समानुपातिकबाट सांसद बनेका हुन् ।

सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाका केही भाग र रामधुनी नगरपालिकाका २ वटा वडा पर्छ ।

क्षेत्र नम्बर २
सुनसरी २ मा कांग्रेसबाट तीनजनाको नाम चर्चामा छ । नेविसंघका निवर्तमान केन्द्रीय सभापति एवम् कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगाना, वर्तमान सांसद तथा पूर्व राज्यमन्त्री रहेका सीताराम मेहता र कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला आकांक्षी देखिएका छन् ।

मेहता दुईपटक निर्वाचित सांसद हुन् । ‘फ्रेस’ प्रतिनिधि पठाउने गरी आन्तरिक छलफल चलिरहेका कारण ढुंगानाको चर्चा पनि बलियो छ । कांग्रेसले कोइरालालाई पुनः प्रदेशसभामै उठाएर मुख्यमन्त्री बनाउने तयारीसमेत थालेको बताइएको छ । तर कोइराला पाउँदासम्म प्रतिनिधिसभा सदस्यमै उम्मेदवार बन्ने योजनामा छन ।

पार्टीले ढुंगाना र कोइराला मध्ये एकलाई प्रतिनिधिसभामा टिकट दिए मेहतालाई समानुपातिक सूचिमा राख्ने चर्चा छ । तीनैजनाले पार्टीका केन्द्रीय पदाधिकारीहरूसँग ‘लबिङ’सुरु गरेका छन् ।
तर उनीहरुसँगै भीम पौडेलको पनि नाम चर्चामा छ तर उनलाई प्रदेशसभा सदस्यमा ब्यवस्थापन गर्ने सम्भावना बढीरहेको नेताहरु बताउँछन ।

एमालेबाट सुनसरी २ मा एमालेबाट क्षेत्र नम्ब १ मा दावी गरिरहेका स्थायी कमिटी सदस्य भीम आचार्यको पनि सम्भावना छ । क्षेत्र नम्बर १ बाट टिकट नपाएको अवस्थामा उनी गृह क्षेत्रसमेत भएकोले क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने योजनामा छन ।

उनीसँगै जिल्ला अध्यक्षसमेत रहेका रेवतीरमण भण्डारीको पनि चर्चा चलेको छ । संविधानसभा सदस्यसमेत रहेका भण्डारी यसअघि सो क्षेत्रबाट टिकट नपाउँदा स्थायी कमिटी सदस्य आचार्यको विपक्षमा अभिब्यक्ति दिदै हिडेका छन ।

त्यस्तै इनरुवा नगरपालिकाका पूर्व मेयर खेमराज पोखरेल पनि प्रतिनिधिसभा सदस्यका दावेदारका रुपमा देखिएका छन । उनी पार्टी अध्यक्ष केपी ओलीको निकट रहेकोले उनको सम्भावना पनि बराबर रहेको बताईन्छ ।

त्यस्तै एमाले नेता द्वारिकलाल चौधरी र रामप्रसाद चौलागाईं पनि आकांक्षी छन् । चौधरी इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् भने चौलागाईंले एमालेबाट मेयरमा दाबी गर्दै आएका थिए ।

क्षेत्र नम्बर २ मा इटहरी उपमहानगरपालिकाका १० वटा वडा, रामधुनी नगरपालिकाका केही भाग, इनरुवा नगरपालिकाको छ वडा वडा, हरिनगर गाउँपालिकाको गौतमपुर बाहेकको भाग र देवानगन्ज गाउँपालिका पर्छ ।

यो क्षेत्रको इटहरीको वडामा एमालेको बहुमत, रामधुनीमा नेतृत्वसहित एमाले बहुमतमा बिजयी इनरुवा नगरपालिका अन्र्तगतको छ मध्ये तीन वडामा वडाध्यक्ष र देवानगञ्जमा समेत एमालेले केही वडा जितेकोले यसपटक सो क्षेत्रमा एमाले पनि बलियो प्रतिष्पर्घीको रुपमा देखिएको छ । यो क्षेत्रमा कांग्रेसले इनरुवाको तीन वटा वडा, रामधुनीमा दुई वटा वडा, हरिनगर ५ गौतमपुर र देवानगञ्जमा उपमेयर र एउटा वडा मात्रै जितेकोले कांग्रेस विगतको भन्दा कमजोर देखिएको छ।

क्षेत्र नम्बर ३
सुनसरी क्षेत्र नं. ३ मा कांग्रेसका तर्फबाट पूर्वउपसभापति विजयकुमार गच्छदार उम्मेदवार रहने चर्चा छ । यद्यपि उनी बालुवाटार जग्गा प्रकरणमा मुछिएका कारण उम्मेदवारी दिने नदिने’bout निक्र्यौल भइसकेको छैन ।

सो मुद्दा किनारा नलागेकाले गच्छदारको उम्मेदवार रहने, नरहने’bout सुनसरीका नेताहरू अन्योलमा छन् । ०७० मा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालबाट विजयी भएका थिए । त्यसपछि नेपाली कांग्रेसमा प्रवेश गरेका गच्छदारले ०७४ मा सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचन लडेर विजयी भएका थिए ।

त्यहाँ गच्छदारले टिकट नपाउने स्थितिमा सोही क्षेत्रको चाँदबेला पुरानो घर भएका केन्द्रीय सदस्य राजिब कोइरालाको नाम पनि चर्चामा छ । क्षेत्र नम्बर २ मा दावी गरिरहेका कोइरालालाई त्यहाँ ब्यवस्थापन गर्न नसकिए क्षेत्र नम्बर ३ मा लाने सम्भावना पनि उत्तिकै रहेको कांग्रेस नेताहरु बताउँछन ।

यद्यपि सो क्षेत्रमा पुराना कांग्रेस नेता हरि सापकोटा, गोपा पराजुली अन्सारी, विन्देश्वर यादवको नाम पनि चर्चामा छ ।

एमालेबाट भगवती चौधरीको चर्चा छ । चौधरी उनै व्यक्ति हुन्, जो यसअघि कांग्रेसका गच्छदारसँगै झिनो मतान्तरले पराजित भएकी थिइन् । एमाले पार्टी नेतृत्वसँग प्रभावशाली उपस्थिति जनाउँदै आएकी चौधरीलाई नै यसपटक एमालेले अगाडि सार्ने तयारी गरेको छ ।

क्षेत्र नम्बर ३ मा इटहरी उपमहानगरपालिकाका १० वटा वडा, दुहबी नगरपालिका, गढी गाउँपालिका, इनरुवा नगरपालिकाकाको एक वडा चाँदबेला र बर्जु गाउँपालिका पर्छ । यो क्षेत्र मध्येको इटहरीको वडाहरुमा एमालेको बहुमत रहेको, दुहवीमा पनि एमाले झिनो मतले पराजित भएको त्यस्तै बर्जु र गढी गाउँपालिकामा एमालेले एकल बहुमतसहित पालिका चुनाव जितेकोले यो पटक यो क्षेत्रमा नेकपा एमाले केही बलियो देखिएको छ ।

क्षेत्र नम्बर ४
सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तर्फबाट सञ्चारमन्त्री समेत रहेका नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवारी दिँदैछन् ।

भोजपुरमा पटकपटक पराजित भएका उनी ०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए । कार्की प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाका विश्वासिलो पात्र मानिन्छन् ।

सुनसरी ४ मा एमालेबाट जगदीश कुसियतको पनि चर्चा छ । उनी अहिले प्रदेशसभा सदस्य छन् । यसअघि प्रदेश १ का वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत भइसकेका कुसियतको यस ठाउँका जनतासँगको सम्बन्ध गहिरो भएकाले पनि एमालेले उनै कुसियतलाई अगाडि सार्ने तयारी थालेको एमालेका एक नेताले बताए ।

कांग्रेसबाट कार्की र एमालेबाट कुसियत चुनावी मैदानमा उभिए तीव्र प्रतिस्पर्धा हुने यहाँका जनताको आकलन छ । तर त्यहाँ एमालेबाट जिल्ला बाहिरको नयाँ अनुहार दुर्गा प्रसाई, मोति दुगडको नाम पनि यो क्षेत्रमा जोडिएर चर्चामा छ ।

मन्त्री कार्की राष्ट्रपति विद्यादेवी भण्डारीका नातेदार भएकोले यसअघिको निर्वाचनमा पनि उनलाई जिताउन एमालेले कमजोर उम्मेदवार दिएको चर्चा थियो अहिले पनि कार्कीलाई जिताउन राष्ट्रपतिको तर्फबाट एमालेभित्र दवाव परे कुसियतको ठाँउमा अरु कसैलाई सार्ने सम्भावना पनि उत्तिकै रहेको चर्चा छ ।

चुनाव मिति नजिकिएसँगै सुनसरीमा अहिले दलहरूले चिया पसलदेखि पार्टी बैठकसम्म को उम्मेदवार हुने भन्ने’bout चर्चा सुरु गर्न थालेका छन् । नेताहरू जनतालाई आफ्नो पक्षमा पार्नका लागि निर्वाचन क्षेत्रमा धाउन थालेका छन् ।

क्षेत्र नम्बर ४ मा इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका, कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र हरिनगर गाउँपालिका पर्छ । यो क्षेत्रमा पर्ने सबै पालिकामा नेतृत्वसहित बहुमतसाथ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेकोले यहाँ कांग्रेसको सम्भावना बलियो छ ।

अघिल्लो लेखमाइनरुवाका मेयर, उपमेयर र एक वडाअध्यक्षले एकसय दिन पुग्दा पनी सम्पत्ती विवरण बुझाएनन्
अर्को लेखमाइनरुवामा भएको सामुहिक बलात्कार घटनाका अभियुक्त उन्नाईस वर्षपछि पक्राउ

१ प्रत्रिक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्