सुनसरी । सन्ध्याकालिन डुलाई (इभिनिङ वाक) मा हिडेकी इटहरीकी एक युवती बलात्कृत भएकी छिन ।

बलात्कारीहरुले युवतीको साथमा रहेका गरगहना र नगद समेत लुटपाट गरेको बताईएको छ ।

६ जना पुरुषहरुले ति महिलामाथि जबरजस्ती करणी गरेका थिए ६ जनामध्ये पाँचजना १८ वर्षभन्दा कम उमेरका रहेको इटहरी प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार घटना असोज १५ गते शुक्रबार साँझ ७ बजेको हो ।

‘इटहरी ८ भूर्की भन्ने ठाउँमा इभिनिङ वाकमा हिँडिरहेकी ३० वर्षीया महिलामाथि जबरजस्ती करणीसँगै लुटपाट भएको थियो,’ डीएसपी केसीले फोन सम्पर्कमा भने, ‘पीडितको उजुरीका आधारमा हामीले पाँचजनालाई पक्राउ गरेका छौँ, एकजनाको खोजी कार्य भइरहेको छ ।’

उनका अनुसार ६ जनामध्ये पाँचजनालाई पक्राउ गरिएको छ भने एकजनाको खोजी कार्य भइरहेको छ । पक्राउ परेकामध्ये एकजनाको मात्रै प्रहरीले नाम सार्वजनिक गरेको छ, भने अन्य चारजनाको नाम गोप्य राखेको छ ।

पक्राउ पर्नेमा अन्दाजी २७ वर्षीय सुनिल चौधरी रहेका छन् । चौधरी इटहरी १४ घर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अन्य सबै नाबालक रहेका कारण नाम, थर सार्वजनिक गरिएको छैन,’ डीएसपी भने, ‘जबरजस्ती गर्ने क्रममा नगद तथा गरगहना समेत लुटपाट भएको थियो, हामीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएका छौँ ।’

प्रहरीका अनुसार पीडित महिलालाई पुरुषहरूले सडक छेउको धान खेतमा लगेर जबरजस्ती करणी गरी घाँटीमा लगाएको सुनको सिक्री (दुई तोला, चार आना) तथा साथमा रहेको नगद तीन हजार समेत लुटपाट गरेका थिए ।

पक्राउ परेकाहरूविरुद्द सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जवर्जस्ती करणी सम्वन्धी कसुरमा पाँचदिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अघिल्लो लेखमासुनसरी कांग्रेसमा उम्मेदवार घोषणा गरेका धेरै जना उम्मेदवारै बन्न नपाउने
अर्को लेखमासुनसरीको बजारमा मनपरी तीन वर्षअघि म्याद गुज्रिएको सामान बेच्दै ब्यापारी

17 टिप्पणीहरू

  1. Unquestionably consider that that you said. Your favorite justification appeared to be at the web the simplest thing to take note of. I say to you, I definitely get irked even as people think about issues that they plainly do not understand about. You managed to hit the nail upon the highest and also defined out the entire thing with no need side effect , other folks can take a signal. Will probably be back to get more. Thanks

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्