सुनसरी । सप्तकोशी नदी तटबन्द भत्काएर पस्दा बगर बनेको सुनसरीको कोशी कटान क्षेत्रका किसानहरु केही समयअघि जग्गामा डुङ्डुङ्ती उडिरहेको बालुवा हेरेर पुर्पुरोमा हात राख्ने अवस्थामा थिए ।

तर अहिले उनीहरुको लागि यही कहाली लाग्दो बालुवाको डङ्गुर भएको क्षेत्र बरदान सावित हुँदै गएको छ ।
२०६५ भाद्र २ गते सप्तकोशी कटानले सुनसरी जिल्लाको हजारौ हेक्टर कृषि योग्य उर्वर भुमि बगरमा परिणत भएको थियो ।

तर अहिले उक्त क्षेत्र नयाँ नयाँ उत्पादनको पकेट क्षेत्रको रुपमा विकास हुँदै गएको छ । कोशी गाउँपालिकाको अध्यक्ष कृषि आधुनिकीकरण परियोजना अन्र्तगत कागती, ड्राईगन फ्रुट, पर्वलसहित विभिन्न खाले बलौटे माटोमा हुने नयाँ नयाँ खेती सुरु गरेका त्यस क्षेत्रका बासिन्दाले अहिले सो क्षेत्रमा माछाको रुपमा राम्रो आम्दानी गर्ने अवसर प्राप्त गरेका छन ।

चालु आ.ब. २०७७÷७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई सुनसरीअन्तर्गत रहेको माछा जोनले उक्त क्षेत्रमा खेर गइरहेको उक्त जमिनलाई सदुपयोग गर्ने गरि नयाँ मत्स्य पोखरी निर्माण गरी कृषकहरुलाई आत्मनिर्भर साथै मत्स्य प्रवद्र्धन गर्ने उद्देश्यले उक्त ठाउँमा पोखरी निर्माण कार्यलाई बिशेष महत्व दिएर सहयोग गर्न थालेपछि किसानहरुमा नयाँ उत्साह पैदा भएको इकाईका प्रमुख दिपेन्द्र पोखरेलले बताए ।

पोखरेलले खेर गएको कोशी ३ को पटेरघारी जग्गालाई उत्पादकत्व तथा कृषकहरुको आर्थिक अवस्था सुधार गर्नलाई उक्त क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न जोड गरीएको बताए । यसै वर्ष कोशी ३ का सदानन्द राउत २ विगाहा खेर गईरहेको जग्गामा ३ वटा नयाँ पोखरी निर्माण सम्पन्न गरेको बताए ।

माछा जोनअन्तर्गत कार्य क्षेत्र रहेको कोशी गाँउपालिका वडा नं ३ मा मत्स्य क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत माछा जोन र कोशी गाँउपालिकाको समन्वयमा नयाँ पोखरी निर्माण कार्य शुरुवात भई परियोजना कार्यान्वयन इकाई, सुनसरीमा सम्झौता भईसकेको छ भने कतिपय पोखरी निर्माण शुरुवात भईरहेको छ ।

उक्त क्षेत्रमाकेही सिमित कृषकहरुले पोखरी निर्माण गरी मत्स्य पालन गर्दै आएको भएता पनि बगरखेतीको अलवा अन्य बालीको लागि उपयुक्त नहुने जग्गा रहेको र पटेरघारी मात्र रहेकोमा पोखरी निर्माणमा अनुदान सहयोग गर्ने कार्यलाई बिशेष महत्व दिएकोमा कृषकहरु हर्षित भएका छन ।

कोशी ३ का कृषक श्री गुलाबी मुखिया माछा पोखरी निर्माण पश्चात जीविकोपार्जनको लागि सहज भएको बताए ।
सुनसरी जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना २०७५÷७६ देखि संचालनमा आएको सप्तकोशी माछा जोन संचालन समन्वय समितिका संयोजक मुक्तिराम राईले सरकारी सहयोगले आफूहरुको जीविकोपार्जन मात्रै नभई आर्थिक अवस्थामा पनि सुधार आएको बताए ।

जिल्लाको बराहक्षेत्र नगरपालिका र रामधुनि नगरपालिकाका सबै वडाहरु तथा इनरुवा नगरपालिका वडा नं ३ र कोशी गाउँपालिका वडा नं ३ मा कार्यक्षेत्र रहेको समेत कार्यालयले जानकारी दिएको छ ।

माछा उत्पादन तथा उत्पादकत्वमा बृद्धि साथै कृषि उत्पादनमा आत्मनिर्भर बनाउदै आयातित माछा बजार बिस्थापित गरी सुनसरी जिल्लालाई माछा उत्पादन र बजारीकरणमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ माछा जोन संचालन रहेको संयोजक राईले थपे ।

जिल्लामा उत्पादित माछाले जिल्लाको करिब ८ महिनामात्र माग थाम्ने र बाँकी ४ महिना प्रदेश २ का जिल्लाहरुबाट आपूर्ति हुने गरेकोमा माछा जोनले कोशी ३ मा खेर गएको जग्गमा नयाँ पोखरी निर्माण गरेकोले आपूर्तिमा केहि राहत दिने भेटेरिनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख राजेन्द्र शाहले बताए ।

कोशी गाउँपालिका क्षेत्रको खेर गएको जमिनलाइ समेटी पोखरी निर्माण गरी मत्स्य पालन गर्दा कृषकको जीवनस्तरमा परिवर्तन र आर्थिक उन्नतीका साथै जल पर्यटकीय स्थल बन्ने सम्भावना रहेको प्रमुख पोखरेलले बताए ।

माछा जोन सुनसरीमा आबद्ध कृषकहरुलाई आधुनिक उन्नत प्रविधी उपलब्ध गराउनको लागि संचालन भइरहेका बिभिन्न कार्यक्रमबाट धेरै मत्स्य पालक कृषक तथा उद्यमी लाभान्वित भएका छन ।

अघिल्लो लेखमासुनसरीमा आधुनिक बंगुर बधशाला निर्माण
अर्को लेखमाइनरुवामा पहिलो पटक रात्रिकालिन टोल स्तरिय फुटवल प्रतियोगिता

34 टिप्पणीहरू

  1. Thanks a lot for providing individuals with remarkably superb possiblity to read from here. It’s usually so ideal and full of a great time for me and my office fellow workers to visit the blog nearly three times per week to see the latest issues you have. And definitely, I’m so at all times amazed considering the impressive inspiring ideas you serve. Some 1 areas in this article are truly the most effective I have ever had.

  2. I’m impressed, I have to say. Really rarely do I encounter a weblog that’s both educative and entertaining, and let me let you know, you might have hit the nail on the head. Your idea is outstanding; the issue is one thing that not enough people are talking intelligently about. I’m very glad that I stumbled across this in my search for one thing regarding this.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्