सुरेन्द्र चौधरी, औराबनी । सुनसरीको गढी गाउँपालिका–२, औराबनीको गढीबनमा दुई दिने बालिका सम्मेलन सुरु भएको छ ।

कार्यक्रममा गढी गाउँपालिकाका–६वटै वडाबाट ६०जना बालिका तथा किशोरीहरुको उपस्थिति रहेको थियो ।

गढी गाउँपालिकाले बालबिवाह मुक्त पालिका घोषणा गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बताईएको छ । कार्यक्रममा बालिका तथा बालकहरु खासगरि उमेर नपुगी सानैमा गरिने बालबिवाह, प्रेमबिवाह, घरपरिवारले जवजस्ती गरिने बाल बिवाह, घरपरिवारले छोरीमा गरिने भेदभाव, छोरीलाई दिने यातना, छोरी जन्मे पछि गरिने दुव्र्यवहार, बलात्कृत बालिकालाई गाउँमा गरिने दुब्र्यवहार, चेलीबेटी बेचबिखन र बिवाह पछि दाइजो नल्याएको निहुँमा यातना तथा घरेलु हिंसा जस्ता कुराहरुलाई जोडदिएको थियो ।

कार्यक्रम गढी गाउँपालिकाको कार्यालय र साझा सवालका लागि साझा मंच (कोकन) आयोजनामा र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा आयोजना गरिएको हो ।

कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, उपाध्यक्ष अनिताकुमारी साह, लेखाअधिकृत दिलबहादुर खड्का, बालबालिका तथा महिला साखाकी प्रमुख अनिता सिंह, ईलाका प्रहरी कार्यालय गढी–३, छिटाहका इन्चार्ज गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी हवल्दार ईन्द्र देव यादव, गढी गाउँपालिकाका ६वटै वडाका वडा अध्यक्षहरु र त्यसै गरि कोकनका सल्लाहकार कोषराज न्यौपाने राष्ट्रिय अनुसंधान सुनसरीका प्रतिनिधि गणेश थापासहितको उपस्थिति रहेको थियो ।

अघिल्लो लेखमासुनसरी क्याम्पस सुधारको मागसहित आन्दोलनको अल्टिमेटम
अर्को लेखमाइनरुवाका सस्थाँपक जिमिन्दार धनबहादुरसँगै ठूलेबाबु, सानेबाबुको शालिक राख्न पहल थालियो

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्