सुरेन्द्र चौधरी, औरावनी । सुनसरीको गढी गाउँपालिका २ नम्बर वडामा रहेको सिजी फुड्स प्रालिमा योग शिविर आयोजना गरिएको छ ।
यसवर्षको अन्र्तराष्ट्रिय योग दिवशको अवसर पारेर योग प्रशिक्षकहरुले सिजी फुड्स प्रालिमा कार्यरत मजदुर तथा कर्मचारीहरुलाई योग सम्बन्धी ज्ञानमुलक जानकारी दिनुका साथै शिविरमा प्रशिक्षण दिएको हो ।
शुभारम्भ मासिकका सम्पादक दिनेश पोखरेल सिम्पानेको संयोजनमा भएको शिविरमा युवा पतञ्जली योग समिति सुनसरीका अध्यक्ष गेहेन्द्रचन्द्र ढुंगेल र योग समितीका प्रचार समिती सचिव सिम्पानेले प्रशिक्षण दिएका थिए ।
शिविरमा सिजी फुड्सका उपमहाप्रबन्धक राजीव सिंह राजपुत, जनसम्पर्क अधिकृत हेम खड्कालगायतले योगका ’boutमा बोलेका थिए ।
प्रशिक्षक पोखरेलले शुभारम मासिकका तर्फबाट सहभागीहरुलाई हनुमान चालिसा प्रदान गरेका थिए ।