गढी गाउँपालिकाको प्रशासनिक भवन संचालनको तयारीमा

0
79
In preparation for the operation of the administrative building of Garhi Rural Municipality
gadi

सुरेन्द्र चौधरी औरावनी । सुनसरीको औराबनीमामा रहेको गढी गाउँपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण कार्य अन्तीम चरणमा पुगेसगै संचालनको तयारी थालिएको छ ।

गाउपालिका भवनका लागि तयार गरिएको नक्शा डिजाइन लगत इष्टीमेट अनुसार निर्माण कार्य समपन्न हुने चरणमा पुगेकाले पालिका कार्यालय संचालनका लागि आवश्यक कामहरु अन्तीम चरणमा पुगेसगै संचालनको तयारी थालिएको हो ।

साविकको औरावनी, मधेशी, सत्तेरझोडा र छिटाहा गाविसलाई एकिकृत गरि गढी गाउपालिका बनाएपछि साविकको औराबनी गाविसको सानो भवनबाट गाउपालिका कार्यालय संचालन हुदै आएको थियो ।

गढी गाउँपालिकाको प्रमुक प्रसासकिय अधिकृत त्रीलोचन न्यौपानेले साविक गाविसको पुरानो भवनबाट कामकाज गर्दै आइरहेको गाउँपालिकाले अब आफ्नै भवनबाट आमजनतालाई सेवा दिनको लागि निर्माणका काम धमाधम भइरहेको जानकारी गराए ।

न्यौपानेले ३ करोड ७५ लाखको लागतमा बन्दै गरेको सो भवन अबको महिनामा काम काज सुरु हुने अपेक्षा गरिएको बताए ।

अधिकृत न्यौपानेले त्रिबर्षिय योजनामा निर्माण थालिएको भवनमा भुकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न रहेको बताए ।

भवनमा रङ्गरोगनका काम, बिजुलि बत्तिका काम, धारा िफट्ङ्गका काम भइसकेका छन भन्ने माटो पुर्ने काम भइरहेको छ ।

भवनमा बैठक हल, सभाहल, कार्यपालिकाको भवन, स्वास्थ शाखा, शिक्षा तथा खेलकुद युवा शाखा, रोजगार शाखा, कृषि शाखा, पशु शाखा, खानेपानी तथा सरसफाइ शाखा, योजना शाखा, महिला तथा बालबालिका शाखा लगायत गाउँपालिकाको सम्पुर्ण शाखाहरु रहने छन ।

अघिल्लो लेखमाइनरुवा ५ बलाहामा निःशुल्क स्वास्थ्य शिविर
अर्को लेखमाइनरुवाको कंशमरण क्षेत्रमा घरजग्गा भएकाहरु सुकुम्बासी बनेर कब्जा गर्दा धार्मिक क्षेत्रको अस्तित्व संकटमा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्