सुरेन्द्र चौधरी । सुनसरीको दुहवीमा तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियन सीप प्रतियोगिता आयोजना हुने भएको छ ।
दुहबी नगरपालिकामा चैत २६ देखी २७ गतेसम्म तेस्रो संस्करणको मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियन सीप प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
नेपालमा सुनसरी जिल्लामा मात्र अन्र्तराष्ट्रिय स्तरको डोरितान प्रतियोगिता हुदै आएकाले यस खेलमार्फत दुहवीलाइ विश्व सामु परिचित गराउने आयोजकले जनाएको छ ।
दुई दिवसिय खेलमा आयोजक टिम, प्रादेशिक ४ वटा टिमहरु, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको ३ वटा विभागिय टिम, र भारतका २ वटा टिम गरि १० वटा टिमको सहभागीता रहने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख नगद, दोस्रो हुनेलाई ५० हजारसाथै मेडल, प्रमाणपत्र लगायतका पुरस्कार रहेका छन ।