इमेरजेन्सीलाई वाताअनुकुलित कक्ष बनाएर बिरामीको उपचार

इनरुवा । इनरुवा तथा आसपासका क्षेत्रका स्थानियको स्वास्थ्य उपचारको पहिलो गन्तव्य इनरुवा अस्पतालमा पाँचवटा विशषेज्ञ डाक्टर सेवा दिन थालेका छन ।

इनरुवा अस्पताल सुधारका लागि स्थानियको लामो समयदेखिको दवावपछि सुधारका योजनाहरु लागु गर्ने क्रममा इनरुवा अस्पतालमा ५ वटा क्षेत्रमा विशेषज्ञ सेवा दिन थालिएको छ ।

इनरुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेले हाल नियमित रुपमा अस्पतालमा शल्यक्रियासम्म गर्ने गरि विशेषज्ञ सेवा दिन थालिएको बताए।

डा घिमिरेले इनरुवा अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा सुरज दाहालले शल्यक्रियासमेत गर्ने गरि दैनिक सेवा दिने गरेको बताए ।

यसैगरि महिलाहरुको स्वास्थ्यका लागि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा पुजा दासले दैनिक सेवा दिने गरेकी छिन ।

मानसिक स्वास्थ्यका बिरामीहरुको उपचारका साइकाटिस विभागकी डा कञ्चन दाहालले बिरामीहरुको चापका आधारमा आवश्यकता अनुसार हप्ता दिने सेवा दिने गरेकी छिन ।

यसैगरि दन्त विभाग अन्र्तगत मुख तथा दन्त रोग विशेषज्ञ डा अस्मीता साह र सुनलि भण्डारीले सेवा दिने गरेका छन ।

बिरामीको उपचारका लागि इनरुवा अस्पतालमा जनरल फिजिसियनका रुपमा डा देवराज घिमिरे र डा मुकेश साह कार्यरत रहेका छन ।

अस्पतालले इमेरजेन्सी सेवामा उपचारका लागि चार वटा वाताअनुकुलित उपकरण जडान गरि वाताअनुकुलित कक्षमा बिरामीको बिरामीको मुटु परिक्षणका लागि कार्डियो मनिटर, अस्पतालको शैयामा अक्सीजन जडान, आवश्यक विभिन्न उपकरणसहित एमविविएस डाक्टरको नेतृत्वमा चिकित्सकको टोली चौबिसै घण्टा सेवामा राख्ने गरेको छ ।

अघिल्लो लेखमासुनसरीका सेवानिवृत्त १ सय ५० कर्मचारी सम्मानित
अर्को लेखमाकिन जान्छ इनरुवा र आसपासको क्षेत्रमा झ्यापझ्याप विजुली ?

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्