इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर ५ ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शारदा मा.बि.मा आयोजित स्वास्थ्य शिविरमा जनरल मेडिसिन, सर्जरी, हाडजोर्नी तथा नशा, छाला तथा सौन्दर्य, स्त्री तथा प्रशुति, नवजात शिशु तथा बालरोग, रेडियोलोजिस्ट र दन्तरोग विशेषज्ञले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

शिविरको वडा अध्यक्ष अनिल पोखरेल, इनरुवा अस्पतालका मेसु डाक्टर देबराज घिमिरे र बिराट नर्सिङका अप्रेसन म्यानेजर मो. ज्याउल हकले उद्घाटन गरेका थिए ।

शिविर सञ्चालन पूर्व औपचारिक कार्यक्रमको आयोजना गरी शिविरको महत्व र आवश्यकता ’bout प्रष्ट्याइएको थियो । उद्घाटन सत्र सम्बोधनका क्रममा वडा अध्यक्ष पोखरेलले प्राप्त जनमतको कदर गर्दै कार्यकाल वडा र वडावासीको हीतमा समर्पित रहेको बताए ।

पोखरेलले वडाका हरेक समस्या आफ्ले बुझेकाले समाधान र हितमुखी कार्यक्रम सञ्चालन वडाको प्रमुख प्राथमिकतामा रहेको जनाए । सोहीअनुसार स्वास्थ्यमा सहज पहुँचलाई ख्यालमा राखी बालबालिका, महिला, वृद्धवृद्धा लक्षित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

स्वास्थ्य शिविर बिराट नर्सिङ होम प्रा.लि.को प्राविधिक सहयोगमा वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको हो । शिविरमा मधुमेह जाँच, ईसीजी जाँच र भिडियो एक्सरे सेवा उपलब्ध रहको थियो भने अन्य रोगको चिकित्सकीय परामर्श प्रदान गरिएको थियो ।

अघिल्लो लेखमासुनसरीमा जंगली मत्ता हात्ती कुहिएको अवस्थामा भेटियो
अर्को लेखमागढी गाउँपालिकाको प्रशासनिक भवन संचालनको तयारीमा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्