इनरुवा १ नम्बर वडाको प्रथामिकताका आधारमा आवधिक योजना छनौट

0
72
Selection of periodic plan based on priority of Inaruwa 1 Ward
wada karyalay

इनरुवा । इनरुवा नगरपालिका १ नम्बर वडा कार्यालयले वडाक्षेत्रमा दिर्घकालिन महत्वका योजनाहरुको प्राथमिकताका आधारमा छनौट गरेको छ ।

वडाभित्र रहेका सरोकारवालाहरुको सहभागितामा आवधिक योजना निर्माणका लागि सहजीकरण गरिरहेका विज्ञहरुसँगको छलफलमा वडामा आवश्यक रहेका दिर्घकालिन महत्वका योजनाहरु छनौट गरिएको हो ।

वडाअध्यक्ष प्रमोद पोखरेलले शिक्षा क्षेत्रमा दिगो र भरपर्दो सुधार ल्याउन भगवती माध्यामिक विद्यालयलाई प्राविधिक शिक्षालयमा रुपान्तरण गर्न आवश्यक भौतिक पूर्वाधार विकासको संरचना निर्माणको प्रस्ताव ल्याएका छन ।

वडाअध्यक्ष पोखरेलले सदरमुकामको व्यस्त बजारक्षेत्रलाइ्र्र आगामी १० वर्षपछि देशका अ्रन्य बजारसँगको प्रतिष्पर्घामा लैजाने गरि सवारी पार्किड्ड व्यवश्थापन, फोहरमैला व्यवश्थापन, सरसफाई तथा वातावरण संरक्षणको अवधारणालाइ्र्र योजनामा समावेश गरिने बताए ।

उनले वडाभित्र रहेको शिव मन्दीरको व्यवश्थापन र नगरपालिकाको स्वामित्वमा रहेका पुराना जिर्ण अवश्थाको सुपरमार्केट भवनलाई भत्काएर त्यस स्थानलाई खाली जमिनको रुपमा पार्कको अवधारणमा लैजाने, खुल्ला पार्क बनाउने, पार्किड्ड क्षेत्र बनाउने वा व्यापारी कम्प्लेक्ससहितको पार्क, पार्किड्ड क्षेत्र बनाउने भन्ने विकल्पका ’boutमा वडावासीहरुको सल्लाह सुझावका आधारमा ठोस योजना बनाएर जाने सन्दर्भमा आवधिक योजना निर्माणका क्रममा सरोकारवालाहरुसँग छलफल गरिएको बताए।

वडासदस्य प्रदिप ढकालले इनरुवा बजार १ नम्बर वडाको मात्रै नभएर समग्र जिल्लाको आर्थिक केन्द्रका रुपमा रहेकाले बजारलाई सुन्दर, सफा, उज्यालो, फराकिलो बनाउनका लागि ठोस योजना समावेश गरि व्यवस्थित बजारका रुपमा विकास गर्ने योजना अगाडि सारिएको बताए ।

उनले भने, ‘हाल नगरक्षेत्रको मुख्य पानीको निकासको रुपमा रहेको नगरपालिका कार्यालयदेखि दक्षिणतर्फ हँुदै महानन्द पार्कतर्फ बग्ने होलीको ढलको दायाँ बायाँतर्फको सार्वजनिक जग्गामा बजारवासीहरुलाइ्र्र बिहान बेलुकाको समयमा शारीरिक र मानसिक स्वास्थ्यका लागि हिड्डुल र व्यायाम गर्न सक्ने गरि आकर्षक फुटपाथ पैदल यात्राको ट्रयाक बनाउनका लागि ठोस योजना समावेश गर्न आवधिक योजनामा प्राथमिकतामा राखिएको छ ।’

योजनामा स्वास्थ्य, सामुदायिक भवन, खेलकुद, पानी निकास, वाइपास सडक, भौतिक पूर्वाधारका बिषयहरु प्राथकिताका आधारमा समावेश गर्न प्रस्ताव गरिएको छ ।

कार्यक्रमका आवधिक योजना विज्ञ नारायण कोइराला र चक्रबहादुर खत्री, वडासदस्य दिलिप पोद्दार, कविता शर्मा खत्वे, उद्योग वाण्रिज्य संधका अध्यक्ष विरेन्द्र साह, स्थानीय अगुवाहरु दाताराम पोखरेल, योगेन्द्र मेहता, पवन चित्लाङ्गिया, चेतप्रसाद अधिकारी, किरण श्रेष्ठ, गेहेन्द्र ढुड्डेल र वडासचिव सुर्य नेपाललगायतले बोलेका थिए ।

अघिल्लो लेखमाइनरुवाका दुग्घ किसानलाई प्रतिलिटर दुई रुपियाँ अनुदान प्रदान
अर्को लेखमाइनरुवा नगरपालिकामा फर्जी कागज बनाएर खरिद गरिएको औषधी रातारात लुकाईयो

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्