सुनसरी २ ः काग्रेसका उम्मेदवार मतादातका बिचमा एक अर्काको थर जोड्दै भोट माग्दै

0
123
Sunsari 2: Congress candidates asking for votes by joining each other's surnames in the middle of the polls
ddddddddddddd

इनरुवा । नेपाली काग्रेसका तर्फबाट सुनसरी २ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार सिताराम मेहता र प्रदशेसभा ख तर्फका उम्मेदवार राजिव कोइराला एकले अर्काको मत माग्दै मतदाताको बिचमा पुगेका छन ।

शुक्रवार रामधुनी नगरपालिकाको २ नम्बर वडाका मतदाताको बिचमा भोट माग्न गएका मेहता र कोइरालाले मतदातालाई फरक शैलीमा मत मागेर एकले अर्का प्रति आपसी विश्वास जनाउदै हौसला बढाएका हुन ।

मतदाताका माझमा पुगेका प्रतिनिधिसभाका उम्मेदवार सिताराम मेहताले प्रदेशसभाका उम्मेदवार राजिव कोइरालालाई मतदान गरि निर्वाचित गराउन आग्रह गरेका थिए ।

उनी घरदैलौमा पुगेका प्रदेशसभा सासंदका उम्मेदवार राजिव कोइरालाले मतदातालाई प्रतिनिधिसभाका उम्मेदवार सिताराम मेहतालाई मतदान गरि निर्वाचित गराउन आग्रह गरेका थिए ।

कतिपय मतदाताले उम्मेदवारको मत मागेको आधारमा सिताराम मेहतालाई प्रदेशसभाका उम्मेदवार राजिव कोइराला भन्ने व्यत्ती भएको बुझेका थिए भने राजिव कोइरालालाई सिताराम मेहता भन्ने उम्मेवार रहेको बुझेका थिए ।

रामधुनी २ का बुधनारायण चौधरीले मत माग्न आएका उम्मेदवार कोइरालाले सिताराम मेहतालाई मत दिन आग्रह गरेको बताए । सोही वडाका जितन चौधरीले सिताराम मेहताले राजिव कोइरालालाई मत दिएर जिताउन भन्दै आफुसँग भोट मागेको बताए ।

घरदैलोमा भेटिएका उम्मेदवार सिताराम मेहताले मतदाताहरु मंसिर ४ गते नेपाली काग्रेसका उम्मेदवारलाई मतदान गर्न उत्साहित रहेकाले सुनसरी २ नम्बर क्षेत्रमा दुवै प्रदेशसभा र प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवाहरुले जित हासिल गर्ने दावी गरे ।

मेहताले मतदाताका बिचमा आफनो कार्यकालमा गरेका कामको आधारमा घरदैलोमा जादा स्वागत गर्नुका साथै मसिर ४ गतेका दिन हुने चुनावमा पुनः विजयी गराउन प्रतिवद्ध रहेको पाइएकाले आफुहरुले जनताको आवश्यकता अनुसारको विकासका काम गर्ने बताए ।

प्रदेशसभाका उम्मेदवार राजिव कोइरालाले घरदैलोमा जादा मतदाताले भौतिक पुर्वाधार विकास निर्माणका योजनाका साथै सडक बाटोघाटो पुल बाढी डुवानको समस्या समाधान गर्न माग गरेको बताए ।

कोइरालाले मतदाताहरुले जनप्रतिनिधिहरुबाट विकासको काम होस् भन्ने चाहना र अपेक्षा रहेकाले आफुहरुले मतदाताको भावना र माग अनुसार २०७४ सालको निर्वाचनपछि गरेका काम र भोली निर्वाचित भएपछि लागु गर्ने योजना कार्याव्यन गर्न प्रतिवद्ध रहेको बताए ।

अघिल्लो लेखमाविकासप्रेमी उपनाम पाएका ज्ञानेन्द्रको चुनावी घरदैलोमा विकासका योजना माग गर्दै मतदाता
अर्को लेखमाकाग्रेसको किल्लामा एमाले–जसपा गठबन्धनका उम्मेदवार भिम आचार्य र रामप्रसादको क्रेज बढ्दो

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्