इनरुवाका हरीको दिनचर्या : सडकका कुकुरको स्याहार, उपचार र खानपान

0
429
Inaruwaka Hari's routine: care treatment and feeding of street dogs
hari ni

इनरुवा । मानबीय सेवामा समाजिक कार्य गर्दै आएका मानिसहरुको भिडमा इनरुवाका एक युवा भने सडकमा भेटिएका भुस्याहा कुकुर (सडक कुकुर)को सेवामा सक्रिय रहँदै आएका छन ।

इनरुवामा फर्निचर उद्योग संचालन गर्दै आएका युवा व्यवसायी हरि निरौलाले नगरक्षेत्र भित्र घाइते, बिरामीका साथै सुत्केरी अवश्थामा फेला परेका छाडा तथा भुस्याहा कुकुरको उद्धार र उपचार गर्दै आएका हुन ।

इनरुवा नगरपालिका कार्यालय अगाडि रहेको आफनै निवासमा व्यवसायी निरौलाले विगत दुई वर्षदेखि सडकमा बस्ने भुस्याहा कुकुरको आक्रमणमा परेर घाइते भएका कुकुर, बिरामी भएर अशक्त रहेका कुकुर, सुत्केरी कुकुरको माउ र छाउरालाई उद्धार उपचार गर्दै कुकुरको संरक्षण गर्दै आएका छन ।

निरौलाले दैनिक सडकमा भेटिएका यस्ता कुकुरका लागि आफैले खाना पकाएर नियमित रुपमा खुवाउने कार्य गर्दै आएका छन । हालसम्म उनले कति संख्यामा कुकुरलाई उद्धार र उपचार गरे भन्ने तथ्याङ्क भने राख्ने गरेका छैनन् ।

कुकुरको सेवा गरेवापत कति कतैबाट सहयोग जुटाउने र सम्मान थाप्ने उद्देश्य नभएकाले गणना गरेर तथ्याङ्क नराखेको निरौला बताउँछन ।

उनले उपचार सुरु गरेका कुकुरलाई पशुपंक्षीका प्रविधिक तथा विज्ञसँग परामर्श गरि औषधी उपचार गरि पूर्ण रुपमा स्वास्थ्य नभएसम्म एक दिन बिराएर मासुसमेत खुवाउने गरेका छन ।

कुकुरको उद्धार गर्दा गर्दै उनले घाइतेको उपचारका लागि आवश्यक पर्ने प्राथमिक उपचारका औषधी जोहो गरेर राख्ने गरेका छन ।

पाँच वर्षभन्दा बढी समयदेखि कुकुरको सेवामा लागेका निरौलाले आफ्नै अनुभवका आधारमा औषधी उपचार गर्न थालेका छन भने जटिल बाहेकका समस्या भए मात्रै पशु चिकित्सकको परामर्श लिने गरेको बताउँछन ।

निरौलाले कुकुरको खाना र उपचारका लागि मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म खर्च गर्दै आएका छन । आफनै स्वामित्वको फर्निचर उधोगको आम्दानीबाट घाइते, बिरामी र सुत्केरीका लागि खाना र उपचार खर्च गर्दै आएका छन ।

निरौलाले सडकमा भेटिएका घाइते कुकुर मध्ये हालसम्म तीन दर्जन बढी घरमा पाल्ने क्रममा मालिकबाट बिछोडिएर घर फर्किएर जान नसकेका कुकुरहरु आधा दर्जन जति उनकै घरमा बस्दै आएका छन भने बाँकी पुनः ६ महिना १ वर्षपछि फर्किएर जाने गरेको पाइएको बताउँछन ।

कुकुरको सेवा गर्ने क्रममा हासिल गरेको अनुभवका कारण उनले कुकुरको रड्ड, स्वभाव र उस्को हेराई भुकाईको आधारमा नाम राख्ने बोलाउने गरेका छन ।

उद्धार गरि उपचारका क्रममा रहेका कुकुरलाई छुट्टै राख्ने र मौसम अनुसारको बस्ने सुत्ने व्यवश्था मिलाउने गरेका हरिले जथाभावी दिसा पिसाब फोहरमैला नगरोस् भन्नका लागि दैनिकी नित्यका लागि समय तालिका बनाएर सिकाउने र त्यसै अनुसारको बानी पार्ने गरेका छन ।

सुत्केरी अवश्थाका कुकुरहरु निरौलाको घरमा दिनमा तीन चार पटकसम्म खाना खानका लागि आउने गरेका छन । सुत्केरी कुकुरका लागि उनले पोषिलो खानेकुराको मात्रासमेत मिलाएर दिने गरेका छन ।

निरौला भन्छन्,‘कुकुर मानिस बिना बाँच्न नसक्ने घरपालुवा प्राणी भएकाले मानिसको साथै धनसम्पतीको सुरक्षामासमेत इमान्दार रहँदै आएकाले यो प्राणीको संरक्षण गर्नु सवै मानिसको कर्तव्य हो ।’

कुकुर आक्रमक भएपनि मानिससँग सदैव वफादार प्राणी भएकाले उस्को व्यवहार हेरेर संगत गर्दा कुकुरले त्यसै अनुसारको व्यवहार मानिसलाई गर्ने अनुभव सुनाउँछन।

उद्धार गरि ठिक भएका कतिपय कुकुरले मानिसलाई झम्टिने, भुक्ने तर्साउने र बढी आक्रमण हुने स्वभावका कुकुरलाई कहिलेकाही सामान्य सजाय दिएर ठिक लगाएर बानी सुधार गर्ने गरेको निरौला बताउँछन ।

अघिल्लो लेखमाबधाई सम्मान थापिसकेकी सुनसरीकी लहरुमाया प्रदेशको समानुपातिक सूचीबाट बाहिर
अर्को लेखमाअसाहय विपन्नलाई न्यानो सिरक वितरण गर्दै अभियन्ता दिनेश

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्