सुनसरीमा जंगली मत्ता हात्ती कुहिएको अवस्थामा भेटियो

0
101
A wild elephant was found in a rotten state in Sunsari
hattai

इनरुवा । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र पर्ने रेल्वेलाईनमा एक हात्ती मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती शुक्रवार बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिए ।

रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्रा छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ ।

मृत अवस्थामा भेटिएको हात्ती भारतबाट झाप हुँदै सुनसरीको जंगलमा आएको अनुमान गरिएको छ । कोशी टप्पु बन्य जन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले मृत भेटिएको हात्तीको विषयमा आरक्षको विज्ञ टोलीले अनुसन्धान गरिरहेको जानकारी दिदै अहिलेसम्मको अनुसन्धानले मृत हात्ती कोशी टप्पुको नभई अन्यत्रैबाट आएको देखिएको बताए।

स्थानीयहरुका अनुसार करिब एक सातादेखि बराहक्षेत्र नगरपालिका क्षेत्रभित्रको जंगलमा २२ वटा जंगली हात्तीहरु घुमिरहेका छन । तिनै हात्तीको समूहमध्येको एक हात्ती मृत फेला परेको हुन सक्ने स्थानीयहरुको भनाई छ ।

बराहक्षेत्र जंगलमा हात्तीको जमातले विध्वंश मच्चाईरहेको स्थानीय डम्बर सिग्देल बताउँछन । उनका अनुसार यति ठूलो संख्यामा बन क्षेत्र हात्ती पहिलो पटक देखिएकोले स्थानीयहरु त्रसित रहेका छन ।

वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएर कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोलीले मृत हात्तीको पोष्टमार्टम गरेको छ ।

अघिल्लो लेखमासुनसरीका कृषि र पशु प्राविधिकलाई अभिमुखिकरण
अर्को लेखमाइनरुवा ५ बलाहामा निःशुल्क स्वास्थ्य शिविर

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्