इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा पछ्रिल्लो समय स्वास्थ्य सेवा विस्तारसगै स्थानियको भरोसा जित्न सफल जिल्ला अस्पताल इनरुवाको स्वास्थ्य सेवा सुचना प्रविधि लैजाने तयारी गरिएको छ ।
जिल्ला अस्पताल सुनसरी इनरुवाका मेडिकल सुपरिडेन्टे्रन्ड डाक्टर देवराज घिमिरेका अनुसार सेन्टर फर इन्फरमेसन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर डेभलपमेन्टसँगको सहकार्यमा स्वास्थ्य सेवामा सुचना तथा संचार प्रविधिको प्रयोग गरि भरपर्दो व्यवश्थापन गर्न लागिएको हो।
आइतवार जिल्ला अ्रस्पतालमा कार्यरत अस्पताल व्यवश्थापन, अ्रस्पताल प्रशासन र स्वास्थ्य सेवामा कार्यरत रहेका कर्मचारी, चिक्रित्सकसँग सेन्टर फर इन्फरमेसन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर डेभलपमेन्टका प्रतिनिधिले भेटघाट गरि सूचना तथा संचार प्रविधी प्रयोगका ’boutमा छलफल गरेका थिए ।
अ्रस्पतालका व्यवश्थापवन र प्रशासनसँग भएको भेटमा सेन्टर फर इन्फरमेसन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर डेभलपमेन्टका पवन शाक्यले जिल्ला अस्पताल व्यवस्थापन, बिरामी विवरण व्यवस्थापन, तथा टेलिमेडिसिनका अत्याधुनिक सूचना तथा संचार प्रविधिलाई अधिकत्तम सदुपयोग गर्दै स्वास्थ्यसेवा गुणस्तर अभिवृद्धि गर्ने उपायहरूका ’boutमा जानकारी गराएका थिए ।
स्वास्थ्य सेवामा सूचना तथा संचार प्रविधी प्रयोग गरि डिजीटल स्वास्थ्यलाई प्रभावकारी रुपमा व्यवहारमा प्रयोगमा ल्याउन जिल्ला अस्पतालसँग सहकार्य गरिने जानकारी शाक्यले गराएका थिए ।
अस्पतालले सहकार्यको प्र्र्रस्ताव सकारात्मक रहेकाले अ्रस्पताल सुधारसगै विरामीको उपचारमा डिजिटल प्रविधिको सुचना व्यवश्थापनले विश्वसनियता बढाउने जनाएको छ ।