fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
सुनसरी । एकपछि अर्को गरी प्रदेशहरुले आफ्नो प्रदेशको नामाकरणको विवाद टुङग्याउन थालेसँगै प्रदेश १ को नामाकरणको विषय पनि अहिले चर्चामा छ । सत्तारुढ नेकपाले प्रदेश ५ को नामाकरणको विषयमा निर्णय गरेसँगै सामाजिक सञ्जालमा प्रदेश १ को नामको समेत टुङगो लागेको भन्दै कसैले सगरमाथा र त कसैले कोशी नाम तय भएको...
इनरुवा । इनरुवाका दुई पुराना नेताहरु नेपाल सद्भावना पार्टीको राष्ट्रिय वरिष्ठ उपाध्यक्ष र प्रदेश संयोजकमा चयन भएका छन । शनिवार इनरुवामा आयोजित पार्टीको एक कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतो र बरिष्ठ नेता राजेन्द्र सिंह महतोले उनीहरुलाई पार्टीको राष्ट्रिय बरिष्ठ उपाध्यक्ष र प्रदेश संयोजकमा चयन भएको पत्र हस्तान्तरण गरेका हुन...
पप्पु यादव, भाण्टावारी । नेपाली सीमा नजिकै भारतको विहारमा सप्तकोशी नदी तटबन्ध भत्काएर बस्तीमा पसेको छ । नेपालमा रहेको कोशी ब्यारेज क्षेत्रभन्दा करिब आठ किलोमिटर दक्षिणमा सप्तकोशीले तटबन्ध भत्काएर बस्तीमा पसेको हो । बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोशी नदी तटबन्ध भत्काएर बस्तीमा पसेको हो । सप्तकोशी नदीको पानी पस्दा...
इनरुवा । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको स्पष्ट बहुमत रहेको इनरुवा नगरपालिकाको कार्यपालिका सदस्य पदका लागि तीन दलले उम्मेदवार उठाएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवामा बुधवार कार्यपालिका सदस्य पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित...
इनरुवा । विभाजित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एकीकरण गर्ने भन्दै बामदेव गौतमको संयोजकत्वमा गठित नेकपा राष्ट्रिय एकता अभियानले सुनसरी सदरमुकाम इनरुवामा आफ्नो संगठन निर्माणलाई तिब्र बनाएको छ । इनरुवाका दुई जना कालुराम गुरुङ्ग र इन्द्र पोखरेल अभियानको केन्द्रीय अभियन्ताको रुपमा चयन भएपछि उनीहरुले आफ्नो गृहनगरमा अभियानको संगठन निर्माणको लागि काम...