सागर तिम्सिना
बा,,
आज तिम्रो मुख हेर्ने दिन
मलाई तिम्रो सम्झना आइरहेछ।
तिमिसंग बिताएका हरेक पलले
आज मलाई सताइरहेछ।
हामिलाई बाच्न योग्य बनाएर
तिमी शुन्यमा बिलायौ,
हामिलाई संसार देखाएर
तिमिले संसार छाडिदियौ।
तिमिले रत्तिभर कमि नराखी
हाम्रो पालनपोषण गर्यौ
विपन्नताले निहुरिएको परिवारलाई
स्वाभिमानी भएर बाच्न सिकायौ,
अरुलाई ठगेर हाम्रो पढाई खर्च जुटाएनौ
अरुसंग झूटो बोलेर हामिलाई खुशी बनाएनौ,
हामी बिरामी हुदा जडीबुटीले काम चलायौ
ऋण काढेर...