सुरेन्द्र चौधरी, औरावनी । सुनसरीको गढी गाउँपालिका २ नम्बर वडामा रहेको सिजी फुड्स प्रालिमा योग शिविर आयोजना गरिएको छ ।
यसवर्षको अन्र्तराष्ट्रिय योग दिवशको अवसर पारेर योग प्रशिक्षकहरुले सिजी फुड्स प्रालिमा कार्यरत मजदुर तथा कर्मचारीहरुलाई योग सम्बन्धी ज्ञानमुलक जानकारी दिनुका साथै शिविरमा प्रशिक्षण दिएको हो ।
शुभारम्भ मासिकका सम्पादक दिनेश पोखरेल...
इनरुवा । इनरुवा नगरपालिका ३ नम्बर वडाका एक दम्पतीले आफ्नी नातिनीको जन्मदिन मनाउने खर्चले गरिब दलित बालबालिकालाई आखाँ शिविर गरेका छन ।
इनरुवा ३ निवासी पर्शुराम घिमिरे र अम्बीका घिमिरेले हाल अष्ट्रेलियाको क्यानवेरामा बसोबास गर्ने छाेरी ज्वाई दिवश निराैला र पुजा घिमिरेकाे पहिलाे सन्तान नातिनी आश्वी घिमिरे निराैलाको पहिलो जन्मोत्सवका...
इनरुवा । सुनसरी जिल्लामा आजदेखि विद्यालय तथा खोप केन्द्रहरुमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार सुनसरी जिल्लामा १५...
इनरुवा । इनरुवा नगरक्षेत्रमा रहेका १५ महिनादेखि १५ वर्षसम्मका करिब १९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको छ ।
इनरुवा नगरपालिकाका स्वास्थ्य अधिकृत सन्तोष देवका अनुसार आउँदो चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको हो ।
अधिकृत देवका अनुसार इनरुवामा १५ महिनादेखि...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालाई सेवा सुविधा विस्तार गरि स्तरउन्नती गर्न नेपाल सरकारले १ करोड ५० लाख रकम अनुदान आएको छ ।
शनिवार इनरुवा अस्पताल अनुगमनका लागि आएका नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवालाहरुको भेलामा सो जानकारी गराएका हुन ।
मन्त्री कार्कीले जिल्लाको...